काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै कुटपिट भएको छ।
प्रत्यक्षदर्शीका अनुसार थुनछेक बहसपछि आदेशको प्रतीक्षामा रहेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा भिडले आक्रमण गरेका हुन्।
त्रिपाठीले सहकारी पीडितहरूको तर्फबाट पोखरा र काठमाडौं दुवै अदालतमा लामिछानेविरुद्ध बहस गरिरहेका थिए। यो घटनापछि प्रहरीले हस्तक्षेप गरी त्रिपाठीलाई सुरक्षित स्थानमा लगेको छ।
अहिले अदालत परिसर तनावपूर्ण बनेको छ। लामिछानेको थुनछेकको निर्णय आउन बाँकी रहेकै अवस्थामा उनका समर्थकहरूले प्रदर्शन जारी राखेका छन्।
