Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाबुको पहिचान नखुले आमाकै नामबाट नागरिकता जारी हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 12, 2025
9 shares

काठमाडौं । बाबुको पहिचान नखुले आमाकै नामबाट नागरिकता जारी हुने भएको छ । यसअघि बाबुको पहिचान नखुले आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान थियो । तर, नागरिकता जारी गर्नका लागि आवश्यक प्रमाणमा बाबुको नाम हुने र आमाले पहिचान नखुलेको भन्दा नमिल्ने भनिन्थ्यो । यस्तो व्यावहारिक समस्या सुल्झ्याउने गरी सरकारले नागरिकता ऐन संशोधन विधेयक ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई संसद्मा दर्ता गर्नका लागि स्वीकृति दिने निर्णय भएको छ ।

प्रस्तावित विधेयकमा बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

नागरिकतासम्बन्धी संशोधन विधेयकमा कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा नरहेको वा बाबुको पहिचान नभेटिएको अवस्थामा आमाको नामबाट नागरिकता जारी हुने छ ।

आमा देशबाहिर गएको र विविध कारणले बच्चा जन्मिएको अवस्थामा बाबुको पहिचान भए सोही आधारमा र बाबुको पहिचान नभए आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

बाबुको मृत्यु भएको र पहिचान नभेटिएको अवस्थामा पनि आमाको नामबाट नागरिकता जारी गर्ने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।

यसैगरी, नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा राखिने भएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रका आधारमा राहदानीलगायत अन्य सुविधा राज्यले प्रदान गर्दै आएको छ ।

एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई सामाजिक, सांस्कृतिक एवं आर्थिक अधिकार दिने विषयलाई पनि संशोधित विधेयकमा थप स्पष्ट गरिएको छ ।

यसअघि १७ जेठ २०८० मा नागरिकता ऐन संशोधन भएको थियो । त्यसबेला भएको संशोधन र आमाको नामबाट नगरिकता जारी गर्ने प्रावधानको अभ्यासमा देखापरेको व्यावहारिक समस्या समाधान गर्न र अन्य केही विषयलाई सम्बोधन गर्न सरकारले विधेयक ल्याउन लागेको हो ।

संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । तर, संविधानको धारा १२ र ३८ मा उल्लेखित नागरिकतासम्बन्धी नयाँ व्यवस्थाबमोजिम नागरिकता ऐनमा संशोधन नभएकाले कार्यान्वयनमा कठिन सरोकारवालाहरूको भनाइ छ ।

यो वा त्यो नाममा संविधान जारी भएको एक दशकसम्म आमाको नामबाट नागरिकता र बाबुको पहिचान खुल्न नसकेका व्यक्तिले नागरिकता पाउने व्यवस्था सहज नरहेको भनेर सरोकारवालाहरूले प्रश्न उठाउँदै आएका हुन् । त्यसलाई सम्बोधन गर्नेगरी सरकारले फेरि ऐन संशोधन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved