Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालली राहदानीकाे स्तर विश्वमै कमजाेर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 12, 2025
9 shares

काठमाडौं । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर हरेक वर्ष कमजोर बन्दै गएको छ ।

सन् २०२५ मा सार्वजनिक एक रिपोर्टअनुसार नेपाली राहदानीको स्तर फेरि तल झरेको छ । विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले जनवरीमै सार्वजनिक गरेको सूचकांकमा अघिल्लो वर्षभन्दा यस पटक नेपालको राहदानीको स्तर खस्किएको जनाइएको छ ।

हेन्लीले विश्वका २२७ वटा गन्तव्यलाई आधार बनाएर १९९ देशका राहदानीको शक्ति मापन गर्दै आएको छ । उसले गन्तव्यमा जानुपूर्व अग्रिम भिसा अनिवार्य हुने वा नहुने विषयका आधारमा राहदानीको शक्ति निर्धारण गर्छ ।

अग्रिम भिसा नलिई संसारका बढी देश र गन्तव्यमा जान सकिने राहदानीलाई शक्तिशाली र संसारका बढी गन्तव्यमा जान अग्रिम भिसा अनिवार्य हुने राहदानीलाई कमजोर मानिन्छ ।

हेन्लीको सोही मापदण्डअनुसार नेपाली राहदानीबाहकले अग्रिम भिसाबिना जम्मा ४० देशमा मात्र यात्रा गर्न सक्ने देखाएको छ । बाँकी गन्तव्यमा पुग्न नेपाली राहदानीबाहकले पहिले भिसा अनिवार्य लिनुपर्छ ।

नेपालको राहदानी धेरै वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको स्तरमा आउने गरेको छ । यसअघि ‘अन अराइभल’ भिसा दिने देशहरूले कमजोर राहदानीका कारण भिसा दिन छाडेका छन् ।

हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकांकको विश्व वरीयतामा सन् २०२५ मा नेपाल १०१औं स्थानमा छ जबकि सन् २०२४ को जनवरीमा नेपाल ९८औं स्थानमा थियो ।

सिंगापुर शीर्ष स्थानमा

सूचंकाकअनुसार भारतको वरीयता पनि ५ अंकले घटेको छ । सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष ८०औं स्थानमा थियो ।

सन् २०२५ को राहदानी सूचकांकमा सिंगापुर विश्वमै शीर्ष स्थानमा परेको छ । उसको राहदानीले १९५ देशमा भिसामुक्त पहुँच सुविधा प्रदान गर्छ । यस्तै, दोस्रो स्थानमा रहेको जापानको राहदानीले १९३ देशमा बिनाभिसा जान सकिन्छ ।

तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन छन् । यस्तै, अमेरिका ९ नम्बरमा छ । अमेरिकाको राहदानीबाट १८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।
द न्युज इन्टरनेसनलका अनुसार पासपोर्ट र्‍यांकिङले त्यहाँका नागरिकको अवस्था र देशको कूटनीतिक सम्बन्धलाई उजागर गरेको छ ।

रिपोर्टअनुसार पाकिस्तानी राहदानी विश्वव्यापी रूपमा सबैभन्दा खराब छ । पाकिस्तानको राहदानी सोमालियाको भन्दा पनि खराब छ । त्यस्तै, अफगानिस्तान, इराक, सिरियालगायत देशका राहदानी पनि विश्वमा कमजोर राहदानीमध्येमा पर्छन् । त्यस हिसाबले हेर्दा भने नेपालको स्थान सुध्रिएको भन्न सकिन्छ ।

किन कमजोर छ नेपाली राहदानी ?

अन्तर्राष्ट्रिय समुदायमा कुनै पनि देशको मान प्रतिष्ठा मापन गर्ने विभिन्न सूचकमध्ये राहदानीलाई महत्त्वपूर्ण सूचकमा रूमा मानिन्छ । आर्थिक, शैक्षिकलगायत अन्य प्रमुख सूचकहरूमा पछाडि परेको नेपाल राहदानीको मामिलामा पनि अत्यन्तै कमजोर देखिएको छ ।

नेपालको राहदानी किन यति कमजोर भयो भन्ने विषयमा विशेषज्ञहरू अनेक पक्ष र कारण रहेका बताउँछन् । उनीहरू राजनीतिक र आर्थिक अवस्था, अस्थिर राजनीति, छिटोछिटो सरकार परिवर्तनले पनि राहदानी कमजोर भएको बताउँछन् ।

राहदानीको स्तर घट्दा विश्व सम्बन्धमा पनि नेपाल कमजोर भएको अर्थ लाग्ने परराष्ट्रविद् डा. जयराज आचार्यले बताए । विगतमा धेरै एसियाली र युरोपेली देशहरूले नेपाली नागरिकलाई ‘अन अराइभल’ भिसा दिने गरेकामा कमजोर राहदानीका कारण अहिले यो सुविधा दिने ४० वटा देश मात्र छन् । सरकारी अधिकारीहरूका अनुसार नेपालको राहदानीले भिसाबिना ४० देशमा यात्रा गर्न सकिन्छ ।

कमजोर राहदानीका कारण कतिपय देशले नेपाललाई भिसारहित यात्राको सुविधा दिन चाहँदैनन् । अस्थिर राजनीतिका कारण नेपाल प्रतिसुरक्षा चासो बढ्दा पनि राहदानी कमजोर भएको विशेषज्ञहरू बताउँछन् । विश्व समुदायमा नेपालको कूटनीतिक प्रभाव न्यून बनेकाले त्यसको असर राहदानीमा पनि परेको उनीहरूको धारणा छ ।

यसका साथै विदेश भ्रमणमा जाँदा कतिपय नेपाली नागरिक र सरकारी अधिकारीहरू नै भिसाका नियम उल्लंघन र राहदानीको दुरुपयोग गर्दा यसको विश्वसनीयतामा असर पुर्‍याएको परराष्ट्रविद् आचार्यले बताए ।

राहदानीको दुरुपयोग, भिसा ओभरस्टे, शरण खोज्ने बहानामा बस्न खोज्ने, अवैध आप्रवासन र जाली कागजातहरूको बढ्दो प्रयोग पनि राहदानी कमजोर भएको हो ।

‘मानव तस्करी, चोरबाटोबाट अमेरिका जाने आदि कारण पनि छ’, उनले भने । आचार्यका अनुसार पहिला सिंगापुर र जर्मनीले ‘अन अराइभल भिसा’ दिन्थे तर आजकल दिन छाडेका छन् ।

‘राहदानी कमजोर भएकै कारण नेपालबाटै भिसा उपलब्ध गराइरहेको अस्टे«लियाले अहिले दिल्ली पुर्‍याएको छ’, उनले भने । नेपाली राहदानीबाहक विदेश पुगेर त्यतै हराउने, गैरकानुनी ढंगमा उतै बस्ने गर्नाले पनि केही विश्वसनीयता कम भइरहेको उनी बताउँछन् ।

‘नेपालको अर्थतन्त्रमा बलियो भए, राजनीतिक रूपमा संस्थागत हुँदै गए र अन्तर्राष्ट्रिय जगत्को हेर्ने नजर फेरिने भए त्यसले राहदानीको शक्तिमा पनि सुधार आउँछ’, आचार्यले भने ।

नेपाल कहिले कुन स्थानमा ?

सन् २००६– ७६औं
सन् २००९– ८०औं
सन् २०११– ९६औं
सन् २०१४– ९०औं
सन् २०१५– १०५औं
सन् २०१६– ९८औं
सन् २०२१– ११०औं
सन् २०२२– १०५औं
सन् २०२३– १०३औं
सन् २०२४– ९८औं
सन् २०२५– १०१औं

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved