आकाश मगर,उदउपुर। नेपाल आदिवासि जनजाति पत्रकार महासँघ उदयपुरमा नयाँ महिला नेतृत्व चयन भएकोछ ।फोनिज उदयपुरले बहेडा थारु सामुदायिक होमस्टे त्रिनपा १३ मा गरेको पाचौँ जिल्ला अधिवेशनमा उदयपुर एफएममा कार्यरत पत्रकार रञ्जु दनुवारलाई नयाँ नेतृत्वकोरुपमा चयन गरेकोहो ।
बिभिन्न पदमा धेरै ब्यक्तिहरुको उम्मेद्धार परे पनि अध्यक्ष पदमा भने हिमापता दैनिकका प्रबन्धक सम्पादक पत्रकार बुद्धि चाम्लीङ्ग र पत्रकार रञ्जु दनुवार बिच अध्यक्ष पदमा समहति हुन नसकेपछि अध्यक्षपदको लागि भोटिङ भएको थियो,लामो समय सम्मको सहमतिका प्रयासहरु असफल भएपछि भएको चुनाबि प्रकृयामा प्रेस चौतारि र प्रेस युनियनको साझा उम्मेद्धारको रुपमा रहेकि रञ्जु दनुवारले समाजबादि प्रेस र प्रेससेन्टरको समेतको समेत समर्थन पाएका बुद्धि चाम्लीङ्ग राईलाई २२—१७ मतको अन्तरले पराजित गरेर नयाँ अध्यक्षको रुपमा बिजय भएकि हुन।
त्यस्त सहमतिमा उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा बिक्रम राई , सह सचिवमा बिजय राई र कोषाध्यक्षमा आकाश मगर निर्विरोध चयन भएकाहुन ।सदस्यहरुमा, नयन राज राई,हिरा राई, सँरक्षक राई , अरुणा तामाङ्ग, भावना राई, चेवान राई गरि ११ कार्यसमितिको फोनिज उदयपुर तयार भएकोहो।
