Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौंकाे बिजुलि बजारमा आमूल परिवर्तन नागरिक पार्टीको कार्यालय स्थापना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 9, 2025
3.1K

काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टीको आज एक कार्यक्रमका बीच पार्टी केन्द्रिय कार्यालय उत्घाटन सम्पन्न भएको छ।

स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु साथै यो देशको नेतृत्व गर्ने व्यक्तिहरू सबै इमान्दार हुनुपर्छ त्यसैले एक पटक मौका दिनुहोस् आफूहरु यो देश परिवर्तन गर्न सक्षम छौं भन्ने प्रमाणित गर्नेछौं साथै सबैलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रममा पार्टी गीत पनि सुनाइएको थियो।उक्त कार्यक्रममा प्रार्थना पार्टी सल्लाहकार सुबास सुब्बाले गर्नु भएको थियो।

पार्टी कार्यालय उत्घाटन गर्न डा. सुबास सुब्बा,केबी रोकाय, उद्धव चिमोरिय,युवराज सुब्बा, डा जोमेस वड लगायत पार्टीका सबै नेताले मिलेर रिबन काटी साथै केबी रोकायले प्रथार्ना गरी कार्यलय औपचारिक रूपमा उत्घाटन गर्नु भएको छ।

शुभकामन मनतव्य राख्ने क्रममा आरपी न्यौपानेले यो पार्टी जुन उद्देश्यको साथ स्थापना भएको थियो त्यो उद्देश्य पूरा भएको बताउनु भएकोछ।हाम्रो महासंघको तर्फबाट सबै खाले सहयोग रहने पनि विश्वस्त हुन आग्रह गर्नुभएको थियो।

दीपक जंग कुँवरले आफ्नो शुभकामना मनतव्य राख्ने क्रममा नेपालको इतिहासमा धेरै पार्टीहरुको जन्म भएका र तिनीहरूको आ- आफ्नै सिद्धांत विचार पनि रहेको तर पनि जनताको अधिकार सुनिश्चित हुन नसकेकोले फेरि यो पार्टी जन्म भएको छ।यो पार्टी जनताको अधिकारको लागी एउटा उदाहरण बन्न सक्नेमा आफूहरु विश्वास्त रहेको बताउनु भयो।

मेख राज परियारले शुभकामना मन्तव्य राख्ने क्रममा राजनैतिक मुद्दा राजनैतिक पक्षबाट नै समाधान हुनुपर्ने र त्यसैले यो पार्टीले सबैको हकहितको लागी सबै धर्म,सबै जातीको लागी राजनैतिक रुपमा लडाई लड्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।

मन्तब्य राख्ने क्रममा यो पार्टी कार्यलय सिंहदरबार भन्दा १५० मीटर जति मात्र टाढा छ तर त्यतिले मात्र पुग्दैन अझ धेरै काम गर्न बाकी रहेको पनि बताउनु भयो।संविधान संसोधन जस्तो बिषयमा पनि यो पार्टी बोल्न र सडकमा आउन आवश्यक रहेको बताएका छन्।

खगेन्द्र माखिमले मन्तब्य राख्ने क्रममा आन्दोलन गर्नेहरूलाई विभिन्न भाश्य निर्माण गरेर बेइज्जत गर्ने हैन तर किन आन्दोलन भयो,भन्ने,खोज्ने र त्यसको निर्मूल गर्ने नेताहरु,नेतृत्वहरु जनमावस् भन्ने शुभकामना प्रदान गर्नु भएको थिए।

पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले शुभकामना मन्तव्य राख्ने क्रममा आफूहरु फरक सोच, दृष्टिकोण लिएर आएको पार्टी निर्माण गरेको बताउनु भयो।

त्यसतै उहाले भौतिक बिकासले मात्र चाहिँ नहुने रहेछ भन्ने आफूहरुले बुझेर समाजको विविधतालाई सम्बोधन गर्न र धार्मिक, आध्यात्मिकताको सम्बोधन गरे मात्र देश विकास हुनेमा बिश्वस्त भएकोले आफूहरु यो पार्टी लिएर आउनु परेको बताउनु भयो।

पार्टी सल्लाहाकार सुबास सुब्बाले सिंहदरबार बाट अब आफूहरूलाई नबोलाए आफूहरु फोड्दै पस्ने र त्यसको लागी सबै ख्रीष्टियनहरुले नेतृत्व गरेको पार्टीहरु अब एक हुनुपर्छ ८४ मा आफ्नो बहुमत आउछ।

पार्टी अध्यक्ष दल मर्दन कामीले पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै भन्नू भयाे “हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको दशक पूरा गरिसकेका छौं । यो अवधिमा धर्मनिरपेक्षतासहितको संविधानको अभ्यास गरिरहेछौ तर अझै पनि आम नागरिक न्याय समानता पहिचान अधिकार राष्ट्र,राष्ट्रियता धार्मिक स्वतन्त्रता लगायतका विषयका थुप्रै चुनौतीहरू दिनानुदिन बढीरहेकाछन्।
देशमा उत्पीडित जाति/समूदाय दलित बनाईएका शिल्पी समुदाय अहिले पनि जातीय धार्मिक विभेदका कारण अमानवीय क्रूरता सहेर बाच्न बाध्य । छ्न इशाई समुदायका अगुवाहरूले भोगेको दुःख, चर्चहरूमा तोडफोड, पाष्टर र प्रचारकहरूमाथि आक्रमण, बाइबल जलाउने कार्यजस्ता घटनाहरू अत्यन्त दुःखद छन् । यााे मुलुकका मुस्लिम , बुद्धिष्ट, किराँत,सिख जैन लगायतका धार्मिक अल्पसंख्यकहरु अझै पनि धार्मिक स्वतन्त्रता बाट बन्चित छ्न। देशमा शान्ति, समानता, र समतामूलक समाज निर्माणका लागि राजनीतिमा शुद्धता आवश्यक छ । इश्वरको डरभय राख्दै समाज र राष्ट्रको बिकाश समृद्धिका लागि संकल्प गर्दै आफुलाई त्यसमा समर्पित गर्ने असल र इमानदार नेतृत्व आवश्यक छ र त्यसका निमित्त हामी प्रयत्न गरिरहेका छौ । यस महान कार्यमा साथ सहयोग गर्नुहुन सबै समूदायका अगुवाजन तथा आम जनसमूदायलाई हार्दिक आह्वान समेत गर्दछु ।बिश्वकै उत्कृष्ट संबिधान भनेर केही नेताहरुले आफुअनुकूल बनाएकाे २०७२ काे संविधानमा यतिबेला संसोधनका बहस उठिरहेकाे छ । सर्वाेपरि हितका निम्ति संविधान संशोधन वा पुनरलेखन जरुरी छ । संविधान संशोधन गरेर सबै जनताको अधिकारका निम्ति पुर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राज्यको सबै निकायमा जनसंख्याको आधारमा लोकसेवा तथा निजामती कर्मचारी नियुक्त भर्ना गर्ने प्रणालीकाे ब्यवस्था गर्न आवश्यक रहेको छ । देशमा आवश्यक पुर्ण समानुपातिक प्रतिनिधित्वका लागि आफूहरु जुनसुकै चुनौतीको सामना गरेर आन्दोलनलाई सार्थक बनाउने तयारी रहेको बताउनु भयो।

कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष दल मर्दन कामी,आतिथ्य भरत गिरी,अतिथि कमला हेमचुरी,विशिष्ट अतिथि पार्टी सल्लाहकार सुबास सुब्वा,केबी रोकाय,उत्तम कुमार नेपाली, पहिचानवादी,अल्पसंख्यकका लागी संघर्षरत नेता आङकाजी शेर्पा,युवराज घिमिरे,राष्ट्रिय ख्रीष्टियन महासंघनेपालका अध्यक्ष उद्धव प्रसाद चिमोरीया, धनराज घिमिरे,मष्टो धर्म अभियान्ता थर्क बहादुर बस्नेत, राष्ट्रिय ख्रीष्टियन मण्डली प्रतिनिधि आर पी न्यौपाने,मण्डली परिषदका अध्यक्ष भव घले,पार्टी उपाध्यक्ष,पार्टी महासचिब प्रेम बहादुर कार्की,पदाधिकारीहरु,बौद्धिक व्यक्ति निर्मल बस्नेत,राष्ट्रिय सुकुम्बासी मोर्चा महासचिब दीपक जग कुँवार,पूर्व कर्णेल तथा घर धनी राज कुमार थापा, शुबास ह्युमन रिसोर्स प्रतिनिधि,स्तम्भकार मेखराज परियार, संचारकर्मीहरु, विश्लेषक डा.युवराज लिम्बू पहिचानवादी मोर्चा नेता खगेन्द्र माखिमहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको सञ्चालन भने पार्टी उपमहासचिव तथा प्रचार प्रसार विभाग प्रमुख नरेश क्षितजले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved