झापा। झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन सोमबार दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। सम्मेलनले समाजको नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
कार्यक्रमको सञ्चालन पास्टर जगतनाथ पौडेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश ईसाई समाजका उपाध्यक्ष पास्टर आकाश थुलुङ राई रहनुभएको थियो भने प्रमुख वक्ता रेभरेण्ड पास्टर दानियल सुब्बा हुनुहुन्थ्यो।
निर्वाचन समितिमा पास्टर राजकुमार नाछिरिङ राई (संयोजक), रेभरेण्ड एनोस गजमेर, पास्टर जगतनाथ पौडेल, पास्टर बुद्ध बराईली, र पास्टर हरि थापाले भूमिका निर्वाह गर्नुभएको थियो।
नव गठित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन । जसमध्ये अध्यक्षमा पास्टर डम्बरबहादुर विस्वकर्मा (इसाहक), उपाध्यक्षमा पास्टर लाल बहादुर दाहाल, सचिव एल्डर तारा प्रसाद दाहाल, सहसचिव धन कुमार बेघा, कोषाध्यक्ष रञ्जना श्रेष्ठ तामाङ चयन भएका हुन । यस्तै समितिको सदस्यहरूमा, सीता पोख्रेल, पदम पुलामी, दिपा राई, काजीमान पन्धाक, गंगा प्रसाद आङ्बो, इसाहक गजमेर रहेका छन।
कार्यक्रमका क्रममा नव निर्वाचित सम्पूर्ण कार्यसमितिलाई प्रमुख अतिथि पास्टर आकाश थुलुङ राईसहित अन्य अतिथिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। सो भेला रेभ. एन्.डी. थुलुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
झापा जिल्ला ईसाई समाजको यो ऐतिहासिक सम्मेलनले समाजको भावी दिशानिर्देश तय गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
