कृष्ण कुँवर,पर्बत । थापाठाना उ.मा.वि. फलेवास पर्वतमा स्थानिय केही स्वतन्त्र युवाहरूले जाडो मौसममा आधारभूत तह (नर्सरी देखि छ कक्षा) सम्मका स-साना विद्यार्थीहरूलाई मध्यनजर गरी न्यानोको लागी ज्याकेट, टोपी र स्वास्थ्यको निम्ति खेलकुद सामाग्री वितरण गरेका छन्।
शिक्षिका लक्ष्मी तिवारीले केहि विद्यार्थीहरूलाई जाडोको कारण पनि पढाईमा बाधा पुगेको बताएपछि “थापाठानाका युवाहरू” फेसबुक समूहले स्वतन्त्र युवाहरुको सहयोगमा सो अभियान शुरु गरेको थियो।
शिक्षिका तिवारीले केहि समय अगाडी विद्यार्थीहरूको आर्थिक, पारिवारिक समस्या बुझेर व्यक्तिगत रूपमा आफूले सक्दो (कापी, कलम, झोला,लत्ता-कपडाहरु) सहयोग गरिरहेता पनि व्यक्तिले मात्र त्यतिका बच्चालाई समेट्न असंम्भव हुने, जाडोको कारण पनि पढाईमा बाधा पुगेको कुरा “थापाठानाका युवाहरू” फेसबुक समुहलाई बताएकी थिइन् ।
थापाठानाका युवाहरु फेसबुक समुह संचालक र भारततिय सेनामा कार्यरत खेम् क्षेत्रीको सक्रियतामा थापाठानाका केहि स्वतन्त्र युवाहरुको सहयोगमा सर्चालिस वटा ज्याकेट, दुईसय चालिस् वटा टोपी, तीनवटा भलिबल, दुईवटा फुटबल, एउटा नेट, एउटा पम्प, सातवटा खेल्ने डोरी, दशवटा डस्टबिन, दुईवटा ज्याब्लिन् थ्रो लगायतका खेलकुद र शैक्षिक समाग्री वितरण गरेको हो।
विद्यालयमा सामग्री वितरण गर्ने अभियानमा टेक कुँवर (दीपक) ले सामाग्री खरिद व्यवस्थापनको भूमिका निभाएका थिए।
अभियानलाई सहायता गर्नेहरू- कृष्ण कुँवर (कर्नेलियस) दीपक कुँवर, खेम क्षेत्री, शिव कुँवर (समीर) रमेश भण्डारी, युवराज कुँवर, जगत कुँवर, सन्देश पौडेल, अर्जुन खनाल, राजेन्द्र भण्डारी, दिपक पौडेल, अनिस भण्डारी, मनबहादुर थापा छेत्री, कान्छो शिव, सुनिलअमृता क्षेत्री, कृष्ण पौडेल, नवीन क्षेत्री, नवराज भण्डारी, काजी मगर, शंकरजंग थापा, देवी पुन, अमृता गुरुङ, सुनिता पुन, योगेन्द्र कुँवर, विशालजङ्ग कुँवर, महलाल कुँवरले सहयोग गरेका थिए। विद्यालयसँग र बिद्यार्थीको बारे बुझ्न र सहकार्य गर्नलाई शिक्षक सूर्य सापकोटा र शिक्षिका लक्ष्मी तिवारीको भूमिका रहेको थियो।
जकेट हस्तान्तरण पछि प्रतिक्रिया दिँदै फलेवास नगरपालिका २ का वडाअध्यक्ष तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गंगानारायण श्रेष्ठले युवाहरुले सर्हानिय काम गरेको र अरु युवाहरुलेपनि आफु जन्मेको गाउँ-ठाउँमा यस्तै काम गरेमा अशल हुने श्रेस्ठको भनाइ थियो ।
प्रधानअध्यापक विष्णु शर्माका अनुसार बिद्यालयका स-साना बच्चाहरुको वास्ता गरि सेवाको काम गर्नुभएकोमा सबै सहयोगी हरूलाई धन्यवाद दिँदै सबै शिक्षक र बिद्यार्थीहरु खुशी भएको र आगामी दिनमा सबैको मनमा यस्तै कार्यहरु गर्ने उत्प्रेणा मिलोस्, आफु पढेको बिधालयलाई कसैले बिर्सन नहुने शर्माको भनाई थियो।
आगामी दिनहरुमा पनि यस्तै सेवाकार्यहरु भैरहोस, हामीहरु लाई प्राय: खेलकुद समाग्रीहरु अति आवश्यक भैरहन्छ। विद्यालयलाई र बच्चाहरुलाई पनि आवश्यक कुराहरु ल्याएकोमा सबैलाई धन्यबाद सहायक प्रधानाध्यापक बुद्धिमान थापाको भनाइ थियो।
कार्यक्रम संचालक शिक्षक सूर्यप्रसाद सापकोटाले प्रतिक्रिया दिँदै पवित्र काम गर्नुभयो, भोकाएकोलाई भोजनको आवश्यक्ता भएजस्तै बिद्यालयलाई चाहिने आवश्यक सामाग्री उपलब्ध गराएकोमा सबैलाई धन्यबाद, शिक्षक सापकोटाको भनाई थियो।
आफु पढेको बिद्यालयमा धेरै पछि केहि स्वतन्त्र युवाहरुको तर्फवाट सहयोग लिएर आउँदा, हस्तान्तण गर्न पाउँदा आफुलाई खुशी लागेको र कमाई हुने युवाहरुले तिनसय पैंसठ्ठी दिनमा तिन दिनको कमाई छुट्टाएर दुई-चार हजार आफ्नो गाउँ-ठाउँमा सहयोग गर्नसके यस्तो पवित्र कार्य अरु पनि गर्न सकिने टेक कुँवर (दीपक) को भनाई थियो।
कार्यक्रममा बिद्यालयका शिक्षकहरु बिद्यार्थीहरु लगायत खेम क्षेत्री, शिब कुँवर, राजेन्द्र क्षेत्री, महलाल कुँवर, अनिश भण्डारी लगायतका केहि युवाहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
