झापा । रोटरी क्लब अफ दमक र रोट्रयाक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा सोमबार दमक–१० स्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क महिला रोग तथा दाँत रोग सम्बन्धी स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ।
शिविरमा लाइफ लाइन अस्पताल दमक र ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोग तथा दमक वडा नं. १० कार्यालयको सहकार्य रहेको थियो।
कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका मेयर राम कुमार थापाले पानसमा दियो बालेर गर्नुभएको थियो। मेयर थापाले यस्ता स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन महत्वपूर्ण योगदान दिने बताउनुभयो।
रोटरी क्लब अफ दमकका अध्यक्ष रोटरियन विक्रम कुमार शाहले शिविर सफल बनाउन सबै पक्षको सहकार्यलाई धन्यवाद दिनुभयो। कार्यक्रम संयोजक नवीन कुमार श्रेष्ठले शिविरको उद्देश्यबारे जानकारी गराउँदै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको बताउनुभयो।
कार्यक्रममा दमक वडा नं. १० का अध्यक्ष राजेन्द्र भण्डारी, रोट्रयाक्ट क्लबका अध्यक्ष सुमन पौडेल, गंगा काफ्ले, पदम बराल, एकता ढकाल, भरत चौलागाईं, रमा लिम्बू, सागर श्रेष्ठ, अम्बिका न्यौपाने, शान्ति राम निरौला, र हरी दाहालको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्लबका सचिव डा. प्रेम देवकोटाले गर्नुभएको थियो भने इलेक्टेड प्रेसिडेन्ट केशव अग्रवालले स्वागत मन्तव्य राख्नुभएको थियो।
शिविरमा गाइनो सम्बन्धि ५१ जना र दात सम्बन्धि ८९ जनाले स्वास्थ्य लाभ लिएका छन भने आवश्यक औषधी प्रदान गरिएको छ।
