Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शान्ति सुरक्षा कायम गरेको भन्दै क्याम्पसद्वारा प्रहरी उपरीक्षक खड्का सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2024
406

बारा । बारामा शान्ति सुरक्षा कायम गरेको भन्दै क्याम्पसद्वारा प्रहरी उपरीक्षक सम्मानित भएका छन् । रामराजा मोहन विक्रम क्याम्पसको ४३ औ वार्षिकोत्सवमा प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई सम्मानित गरिएको हो ।

क्याम्पसका प्रमुख हरिभुषन कुशवाहाको हत्या गर्ने अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै क्याम्पस परिवारद्वारा प्रहरी उपरीक्षक खड्कालाई सम्मानित गरिएको हो ।

सम्मान ग्रहण गर्दै भावुक भएका प्रहरी उपरीक्षक महेन्द्र खड्काले कालो दिनको सम्झना गर्दै भने, ‘जेठ ३२ गते पाँच बजे मेरो मोबाइलमा आफुले सेभ नगरेको नम्बरबाट फोन आयो, उताबाट रुदै, हतास हुदै आवाज आउछ एसपी साहेव म हरिभुषन कुशावाहा रामराजा क्याम्पस प्रमुख मलाइ च्युटाहामा सुरेन्द्र कुशवाहाले गोली हानेको सुनाए आफु विच्चलित भए ।

आफु संगै डिएसपी थिए मैले आफ्नो फोन डिएसपीलाई दिएर कुरा गर्न लगाए । डिएसपीलाई पनि सोही कुरा दोहरिएर आए, आफु तुरन्त गाडी निकालेर घटनास्थल तर्फ लागे बाटोमा एम्बुलेन्स क्रस गरेको देखे पछि एम्बुलेन्स रोक्न लगाई कुशवाहालाई हेर्दा निजको अवस्था चिन्ताजनक भेटे ।

उनलाई तुरून्त अस्पताल पठाउन लगाए, घटनास्थलमा प्रहरी परिचालन गराई अनुसन्धान शुरू गराए । एक हप्ता भित्र १० जनालाई पक्राउ गरि अनुसन्धान थिलियो खडकाले भने ।

उनको ७५ वर्षीय वुवा आएर सोध्थे, मेरो छोराको हत्यामा संलग्न रहेकालाई पक्राउ गर्नु भएन । मेरो मुखमा जवाब हुँदैनथ्यो । आफै भावुक हुन्थे, जवाब केही हुँदैनथ्यो आफु संग, उनले भने ।

मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा भारतको पटनामा लुकेर बसेको सुचना पाए । त्यसलाई पक्राउ गर्न आफै भारतको पटना पुगे । कयौ दिन भोकै चियाको भरमा पटनाको गल्ली, रेल्वे स्टेसनमा भौतारे । सफलता पाउन सकिएन, आफ्नो कैरियरको यो पहिलो केश थियो जसमा राती सुत्दा खेरी पनि सपनामा अभियुक्तलाई लखेटेको देख्थे प्रहरी उपरीक्षक खड्काले भने ।

मुख्य अभियुक्त कुशवाहालाई घटना घटेको एक महिनामा मोरङ्गको विराटनगरबाट पक्राउ गर्न सफल भएको बताए ।त्यस पछि आफुले क्याम्पस परिवारलाई गरेको वाचा पुरा गर्न सफल हुदा आफ्नो जिवनको कठिन जङ्ग जितेको महसुस भएको बताए ।

समाजिक सञ्जालको विकृतिले युवायुवतीहरू अनाहकमा ज्यान गुमाउन पुगेका मुद्दाहरू प्रहरीमा
थुपारेको बताए । अहिलेको पढाई सर्टिफिकेट मै सिमित रहेको उनले बताए । ‘एजुकेशन लन टु कैरेक्टर’ शिक्षालाई सर्टिफिकेटमा हैन कि व्यवहारमा लागु गर्न सुझाव दिएका थिए ।

रामराजा मोहन विक्रम क्याम्पसको ४३ औ वार्षिकोत्सव एव अभिभावक दिवस तथा १७ औ क्याम्पस सभाको उदघाटन सत्रमा कलैया उप-महानगरका नगरप्रमुख विनोद साह, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेपाली काँग्रेसका उपाध्यक्ष मनोज भट्ट, पुर्व संसद पारस साह, शिवनाथ पटेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पन्नालाल दास, सुरेश मोदक, अरूण खनाल लगायतले शुभकामना दिएका थिए ।

क्याम्पसमा मास्टर डिग्री सम्म पढाई हुने क्याम्पस प्रमुख निवेश तिमल्सिनाले बताएका छन् । एक हजार तीन सय ३२ जना विधार्थीहरू अध्ययन गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved