Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुख घिमिरेले राजनीतिक प्रतिशोधलाई सघाउनुभयो: माननीय गणेश पराजुली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2024
36 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारको राजनीतिक प्रतिशोधलाई सघाएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संविधान र कानुनलाई लत्याउँदै सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउ पुग्नेगरी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका हुन् ।

‘सभामुखज्यूले सरकारको छायाँमा परेर, सरकारको चरणमा ‘त्वम् शरणम्’ गरेर, सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउनेगरी देश र जनतालाई लत्याउँदै, सदनको कानुनलाई लत्याउँदै आफैं कानुनविपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको सांसद पद निलम्बन गरिएको सूचना जारी गर्नुभयो,’– उनले भने ।

रवि लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णय अवैधानिक रहेको उनको दाबी छ । सांसद पद निलम्बनमा राख्ने सभामुख घिमिरेको निर्णय प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ को उपदफा ३ विपरीत रहेको उनले बताए ।

नियमावलीअनुसार मुद्दाको सुनुवाइको क्रममा लामिछाने पुर्पक्षका लागि थुनामा गएको अवस्थामा मात्रै उनलाई निलम्बन गर्न सकिने नेता पराजुलीले बताए । सभामुख घिमिरेले नेपालको इतिहासमा बदनाम सभामुखको छवि बनाएको उनको आरोप छ । उनले भने, ‘पुर्पक्षको लागि थुनामा रहनुपर्छ भन्ने आदेश जारी भएपछि मात्रै काननुतः उहाँको पद निलम्बन गर्न सकिने अवस्था हो । त्यस कारण नेपालको राजनीतिक इतिहासमा त्यस्तो नाम, विशेषगरी सभामुखको नाम अब बदनामी सभामुखको नाम लिँदैगर्दा यतिखेरका सभामुखको नाम लिइन्छ र नेपाली राजनीतिक इतिहासमा यो कालो दिन हो । सभामुखले गरेको, सांसदको गरिमा गिराउने गरी, सांसदको गरिमालाई कार्यपालिका समक्ष ‘तुम् शरणम्’ हुनेगरी इतिहासले हेर्दा यो निकै कालो दिनमा गनिने छ । सभामुखले यसको मूल्य चुकाउनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved