Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिउँदे अधिवेशन सुरु हुनुपर्ने बेला अध्यादेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2024
21 shares
काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुनुपर्ने बेला अधिवेशन नबोलाई सरकारले सहकारी ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।

विपक्षी दलहरूले संसद् अधिवेशनका लागि दबाब दिइरहेका बेला अधिवेशनप्रति बेवास्ता गर्दै सरकारले अध्यादेशको बाटो समातेको भन्दै विपक्षी नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले असन्तुष्टि जनाए ।

अधिवेशनबाटै आवश्यक ऐन, कानुन संशोधन गर्न सकिने अवस्था विद्यमान हुँदाहुँदै ‘फास्ट ट्र्याक’का नाममा अध्यादेश जारी गरिनु ठीक नहुने उनको भनाइ छ ।

अध्यादेशमा सहकारी संस्थाहरूको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने प्रावधान राखिएको छ । सत्तारूढ दलका एक नेता भने अधिवेशनबाट संशोधन गर्दा प्रक्रिया लम्बिने भएकाले अध्यादेश जारी गर्नुप।रेको तर्क गर्र्छन् । सहकारीसम्बन्धमा भइरहेका विषयहरूलाई तत्काल सम्बोधन गरिहाल्नुपर्ने अवस्था रहेकाले त्यसका लागि अधिवेशन कुर्नु ढिला हुने सत्तारूढ नेपाली कांग्रेसका एक सांसद बताउँछन् ।

उता, विपक्षी दल माओवादी केन्द्र भने अध्यादेश जारी गरिनुले संसद्प्रति सरकारको बेवास्ता भएको बताउँछ । ‘हिउँदै अधिवेशनको समय भइसक्दा पनि अधिवेशन बोलाउन आलटाल गर्दै यसरी अध्यादेश जारी हुनु संसद्प्रतिको बेवास्ता हो’, ती नेता भन्छन् ।

सरकार भने हिउँदे अधिवेशन बोलाउने तयारीमा जुटेको तर कहिले बोलाउने भनेर निर्णय गर्न समय लागेको एक मन्त्रीले बताए । उनका अनुसार केही दिनभित्रै मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन बोलाउने निर्णय गर्ने छ । अधिवेशन ढिला हुँदा संविधान कार्यान्वयनमा आवश्यक पर्ने धेरै ऐन, कानुन निर्माण र संशोधनमा अवरोध पुगिरहेको विपक्षी दलले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved