Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेयरलाई कार्वाहिकाे माग सहित प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 27, 2024
[webverse_shares]

रौतहट । रौतहटको दक्षिणी भेग बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । बिना सूचना जनताको घर भत्काएको भन्दै मेयर यादवलाई कारबाहीको माग गर्दै स्थानीयहरुले प्रहरी चौकी घेराउ गरेका हुन् ।

बौद्धिमाई नगरपालिका सरमुजवाका स्थानीयहरूले बंकुल प्रहरी चौकी घेराउ गर्दै मेयर यादवलाई कारबाहीको माग र पक्राउ परेका गंगा रामलाई रिहा गर्न माग गरेका छन् ।

दुईदिन अगाडि बिना सूचना सरमुजवा गाउँस्थित घर भत्काउन थालेपछि आक्रोशित स्थानीयहरूले मेयर यादवलाई त्यहाँबाट लखेटेर भगाएका थिए । उक्त घटनापछि मेयर यादवले प्रहरीलाई दबाब दिएर रामलाई बिना कारण पक्राउ गराएका स्थानीयको भनाइ छ ।

कुनै सूचना बिना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयरलाई कारबाही गर्नुको सट्टा निर्दोष व्यक्ति गंगा रामलाई गिरफ्तार गर्नु अत्याचार भएको भन्दै सयौंको संख्यामा आन्दोलित स्थानीयहरू प्रहरीविरुद्ध सडकमा उत्रिएको स्थानीय समाजसेवी श्रीभगवान पटेलले जानकारी दिए । बौधिमाईका मेयर यादवका अनुसार सरमुजवा दुर्गा मन्दिरदेखि पश्चिम गाउँसम्म बाटो र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १ दर्जन बढी घरटहरा गत मंसिर मसान्तभित्र हटाउन जेठ महिनामै स्थानीय प्रशासनको रोहवरमा लिखित सहमति भएको थियो ।

सहमति अनुसार मंसिर मसान्तभित्र कसैले पनि घरटहरा नहटाउँदा बाध्य भएर दुई दिन अगाडि डोजरसहित स्थलगत पुग्दा घरधनीहरु एक्कासी ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढाबाट दुईजना कर्मचारीको टाउकोमा चोट लाग्नुका साथै कयौंलाई चोटपटक र डोजरको सम्पूर्ण सिसा फुटेको मेयर यादवले बताए । उजुरीको आधारमा प्रहरीले गंगारामलाई पक्राउ गरेको तथा अन्य फरार रहेका मेयर यादवले बताए । दुर्गा मन्दिरदेखि सरमुजवा गाउँसम्म ढल तथा नाला निर्माणको लागि करिब अढाई करोडको केन्द्रीय योजना परेको छ । यस महिनाभित्र सडक तथा सार्वजनिक जग्गामा बनेका घर टहरा खाली नभएमा सिंगो योजना फ्रिज हुने मेयर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved