Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री, भक्तपुरबाट मेसिन सहित पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 15, 2021
1.9K

भक्तपुर , कोभिड-१९ महामारीका कारण आम सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाईजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै केहि सेनिटाइजर कम्पनीहरुले मानव स्वास्थ्य माथि प्रतिकुल असर पार्ने गुणस्तरहिन र कमसल सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा “नेपालय ह्याण्ड सेनिटाईजर” नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएको छ ।

उक्त सेनिटाईजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन ६८% भेटिएको तथा उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी देखिएको भन्ने व्यहोराको औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भएको छ ।

सोही सुचना पश्चात् महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं. १ लोकन्थलीमा सामाखुसी बस्ने सुजन दाहालले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता समेत नगरी Manufactured by: Medigraph Group of Company Pvt . Ltd . Lokanthali Ward no. 1, Bhaktapur नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाईजर सहित उक्त सेनिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरिएको ।

साथै उक्त सेनिटाइजर उत्पादक कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थली भक्तपुरमा कार्यरत जिल्ला रामेछाप सुनापति गा.पा. वडा नं. १ गुन्सी भदौरे घर भई का.जि. नयाँ बानेश्वर बस्ने बर्ष २२ को सुजन गौतम र जिल्ला बझाङ केदारस्यूं गा.पा. वडा नं. ८ भण्डार घर भई हाल का.जि. कोटेश्वर बस्ने वर्ष २८ को चन्द्र प्रसाद जोशी लाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

सोही कम्पनीका सञ्चालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहाल फरार रहेकोमा निजको खोजतलास गर्ने र थप अनुसन्धान कार्य भइरहेको । बरामद सेनिटाईजर, मेसिन र नियन्त्रणमा लिइएका मानिसहरुलाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत आवाश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाईएको सम्बद्ध श्राेतले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved