आकाश मगर, गाईघाट । उदयपुर जिल्लाको त्रीयुगा नगर इसाई समाजद्वारा सदरमुकाम गाईघाटमा भब्यताको साथ ख्रिष्टमसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।
त्रीयुगा नगरपालिकाको बिभिन्न चर्चहरु मिलेर संयुक्तरुपमा नगर इसाई समाजको आयोजनामा पिपलचौक देखि र्यालि निकालेर गाईघाट परिक्रमा गरि मानिसहरुलाई शुभकामना प्रदान सहित सुसमचारको पर्चा बाड्दै फेरि पिपल चौकमा कोण सभा गरेका थिए।
बिभिन्न वडाका अध्यक्षहरु साथै त्रीयुगा नगरपालिकाको मेयर वसन्त कुमार बस्नेत मुख्य अतिथिको रुपमा सहभागि भएका थिए। राज्यले सबै धर्मलाई समानरुपमा हेर्ने र संबिधानमै धर्मनिरपेक्ष लेखिसकेकोले आफ्नो नगर सरकारले सबै जनतालाई, धर्म आस्था राख्ने मानिसहरुलाई समान दृष्टिले हेरेको र कसैलाई धर्म आस्थाको नाममा बिभेद नगरेको बताए।
बृहत ख्रिष्टमस र्यालि तथा शुभकामना आदन प्रदान कार्यक्रमको मुख्य बक्ताको रुपमा भने काठमाण्डौबाट पाष्टर निको थापा मगर हुनुहुन्थ्यो, कार्यक्रममा बिभिन्न चर्चहरुले मौलिक नृत्यहरु देखाएका थिए।गाईघाटमा भब्यताको साथ ख्रिष्टमस ।
उदयपुर जिल्लाको त्रीयुगा नगर इसाई समाजद्वारा सदरमुकाम गाईघाटमा भब्यताको साथ ख्रिष्टमसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेकोछ । त्रीयुगा नगरपालिकाको बिभिन्न चर्चहरु मिलेर संयुक्तरुपमा नगर इसाई समाजको आयोजनामा पिपलचौक देखि र्यालि निकालेर गाईघाट परिक्रमा गरि मानिसहरुलाई शुभकामना प्रदान सहित सुसमचारको पर्चा बाड्दै फेरि पिपल चौकमा कोण सभा गरेका थिए।
बिभिन्न वडाका अध्यक्षहरु साथै त्रीयुगा नगरपालिकाको मेयर वसन्त कुमार बस्नेत मुख्य अतिथिको रुपमा सहभागि भएका थिए। राज्यले सबै धर्मलाई समानरुपमा हेर्ने र संबिधानमै धर्मनिरपेक्ष लेखिसकेकोले आफ्नो नगर सरकारले सबै जनतालाई, धर्म आस्था राख्ने मानिसहरुलाई समान दृष्टिले हेरेको र कसैलाई धर्म आस्थाको नाममा बिभेद नगरेको बताए।
बृहत ख्रिष्टमस र्यालि तथा शुभकामना आदन प्रदान कार्यक्रमको मुख्य बक्ताको रुपमा भने काठमाण्डौबाट पाष्टर निको थापा मगर हुनुहुन्थ्यो, कार्यक्रममा बिभिन्न चर्चहरुले मौलिक नृत्यहरु देखाएका थिए। वडा नम्बर सातको वडाध्यक्षले भने अरु आमन्त्रीत ब्यक्तिहरु उपस्थिति नभएकोमा गुनासो गरेकाछन, उपमेयर लगायत अरु वडाध्यक्षहरुको अनुपस्थितिले ख्रिष्टियनहरु प्रति उपेक्षा गरेको र चासो नदिएको गुनासो गरेकाछन।