डिकेन्द्र बस्नेत, झापा । आज बडा दिन ख्रिस्टमस देश तथा विदेशमा ईसाई समुदायले येशु ख्रीस्टको जन्म दिन ख्रीस्टमस हर्षौलासका साथ विभिन्न कार्यक्रम गरि मनाइरहेको छन । झापा, कमल गाउँपालिका वडा नं. ४ स्थित ज्योति चर्चले ख्रीस्टमसको अवसरमा दमक-८ मा रहेको अनाथ बाल आश्रमलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
चर्चका कोषाध्यक्ष धनमाया फागोको नेतृत्वमा संकलित भेटी कोष र व्यक्तिगत सहयोगमार्फत यो रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा चर्चका विभिन्न विभागीय अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। आमा अगुवा गौरी राई, रजिना राई, एल्डर आमा बालकुमारी फागो, डिकनेस सिर्जना घिमिरे, र सरिता थापालगायतको योगदानले यो अभियान सफल भएको छ।
चर्चका पास्टर भिक्टोर सुनुवारले ख्रीस्टमसको अवसरमा बालबालिकासँग येशु ख्रीस्टको प्रेम र खुशी साटासाट गर्न यो सहयोग गरिएको बताउनुभयो। उहाँले समाजसेवामार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको छ।
बाल आश्रमको तर्फबाट सहसचिव निर्मला आचार्य, सदस्य राजेन्द्र पौडेल, हिमा आचार्य भट्टराई, र जर्न बस्नेतले सहयोग ग्रहण गर्नुभएको थियो।
आश्रमकी सदस्य हिमा आचार्य भट्टराईले ज्योति चर्चप्रति आभार व्यक्त गर्दै, “ख्रीस्टमसको यस विशेष अवसरमा पाएको सहयोगले हाम्रो मन खुशीले भरिएको छ। भविष्यमा पनि यस्ता सहयोगी गतिविधिहरू जारी रहोस्,” भन्नुभयो।
कार्यक्रम समाजसेवी गौरी राईले सञ्चालन गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
