सुवास थापा / युएईको राजधानी अबुधाबीमा रहेको नब जागृती नेपाली मण्डलीळे उत्साहका साथ ख्रीष्टमस् कार्यक्रम मनाएको छ।
यू.ए.ई को अबुधाबी स्थित ब्रेदेन चर्च भवनमा डीसेम्बर एक्काईस्, बाईस र तेईस तारिख शनिवार आइतबार र सोमवार तीनदिनसम्म उत्साहका साथ ख्रीष्टमस कार्यक्रम मनाएको थियो।
शनिवार ४१० भन्दा बढी आइतबार ११५ भन्दा बढि सोमवार ११४ भन्दा बढी मदीनाजायद छोरी मण्डलीमा ५० जना भन्दा बढिको संख्यामा बिश्वाशीको उपस्थिति रहेको थीयो।
कार्यक्रममा बक्ता पास्टर डाक्टर जोसेफ गदालले सुसमाचारलाई बिशेस केन्द्रबिन्दुमा राखेर बचन प्रचार गरेका थिए।
हामीले जे पनि गर्दछौ परमेश्वरको महिमाको निम्ती गर्नुपर्छ यदि हामीले परमेश्वरको बचन हृदयमा राख्छौ भने प्रभुले आशिष, शान्ति, आनन्द दिनुहुन्छ। प्रभुलाई पाउनु भनेको धर्म परिबर्तन गर्नु होईन तर मनको परीबर्तन गर्नु हो। त्यसैले ख्रीष्टलाई हृदयमा राख्नेहो भने पूर्ण परिवर्तनको जरुरत छ।
येशू प्रेम हुनुहुन्छ अनि सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ। प्रभु संसारको पाप उठाईलाने थुमा हुनुहुन्छ। यशैया अगमबक्ताले ७०० वर्ष अगाडी येशूको जन्मको भबिस्यबाणी गरेका थिए भने स्वर्गदूत ज्योतिष अनि ताराहरूले पनि येशूको जन्मको घोषणा गरेका थिए।
येशू हाम्रो पक्षमा बोलिदिने प्रभु हुनुहुन्छ। साथै जबसम्म प्रभु हाम्रो हृदयमा आउनुहुन्न तबसम्म ख्रीष्टमसको अर्थ रहंदैन त्यसैले हरपल हाम्रो हृदयको सिंहासनमा येशूलाई राख्नु वास्तविक ख्रीष्टमस हो, बक्ताले प्रश्ट्याय।
कार्यक्रममा झुण्डहरू र बिस्वाशी हरूले ख्रीष्टिय भजन नृत्य र कविता प्रस्तुत गरेर उत्साह थपेका थीएभने बिभिन्न घरेलु झुण्डहरूमा क्यारोल कार्यक्रम पनि गरिएको थियो।
