Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उर्लाबारीमा ख्रीस्टमस शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 24, 2024
12 shares

By Dikendra

मोरङ । संयुक्त ख्रीस्टियन समाज उर्लाबारीको आयोजनामा ख्रीस्टमसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा मंगलबार सम्पन्न भएको छ।

मोरङको उर्लाबारी–४ स्थित अभिषेक चर्चमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगर उपप्रमुख मिना पौडेल र अध्यक्षता संयुक्त ख्रीस्टियन समाज उर्लाबारीका अध्यक्ष पास्टर याम लावतीले गर्नुभएको थियो।

यस्तै कार्यक्रममा उर्लाबारी वडा नं ३ का अध्यक्ष भीस्म बुडाथोकी, वडा नं ४ का अध्यक्ष कल्याण कुमार राई, वडा नं ५ का कार्यवाहक अध्यक्ष विनोद धिमाल, वडा नं ७ की अध्यक्ष उर्मिला सुवेदी, वडा नं ८ का अध्यक्ष कुल बहादुर कार्की, कार्यपालिका सदस्य सन्त कुमारी विश्वकर्मा र कृष्ण माया कडरीया, एमाले नगर अध्यक्ष गंगाराम बास्तोला, माओवादी केन्द्र अध्यक्ष गजेन्द्र दङगाल, नेपाली कांग्रेस नगर सचिव राजन रायमाझी, जसपा नेपाल नगर अध्यक्ष मात्रिका धिमाल लगायतको उपस्थिति रहेको थियो।

पथरी शनिश्चरे नगर ईसाई समाजका अध्यक्ष पास्टर गोपाल नाछिरिङ राई र दमक नगर ईसाई समाजका सल्लाहकार पास्टर राज कुमार नाछिरिङ राईले कार्यक्रमलाई थप गरिमा प्रदान गर्नुभएको थियो।

कार्यक्रमका वक्ता गुड न्युज चर्चका पास्टर राज कुमार नाछिरिङ राईले ख्रीस्टमसको मुख्य उद्देश्य परमेश्वरको प्रेम र मानव जातिको सेवामा समर्पित हुने प्रेरणा रहेको बताउनुभयो। उहाँले छिमेकी, समाज, र मण्डलीलाई सहयोग गर्न र प्रेम बाँड्न आग्रह गर्नुभयो।

प्रमुख अतिथि उपप्रमुख पौडेलले ख्रीस्टमसको सन्देशले समाजमा सहिष्णुता र क्षमाको भावना विकास गर्न मद्दत गर्ने बताउँदै, सबै धर्म र धर्मशास्त्रको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।

यस अवसरमा उर्लाबारी नगरभित्र बसोबास गर्ने २१ जना एकल महिलाहरुलाई न्यानो दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक ख्रीस्टियन समाजले जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य पास्टर विनोद धिमालले गर्नुभएको थियो भने सञ्चालन पास्टर दिपक न्यौपानेले गर्नुभयो।

त्यस्तैं, सो कार्यक्रममा संगित झुन्डले सांगीतिक ख्रीष्टमस गीतहरु तथा नृत्य प्रस्तुत गरेर सहभागिहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमपछि सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै प्रेम भोजनको आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved