
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्षको कैद सजय फैसला पश्चात महासंघले ख्रीष्टमस महोत्सव मानाएको छ । सोमबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सब–२०८१को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्र सम्पन्न गरेको छ ।
सो महोत्सबलाई राष्ट्रपति रामचन्द्र पौडेलले पत्रमार्फत शुभकामना सन्देश पठाएका थिए ।
कार्यबहाक अध्यक्ष उद्धब प्रसाद चिमोरियाले लामो समयदेखि ख्रीष्टियन महासंघ नेतृत्व विहिन भएर लथालिङ्ग अवस्थामा पुगे पनि आफूहरुले धैर्यता नगुमाएको बताउँदै भने,“अरु समुदायले अध्यक्षको कैद सजय फैसला भएपछि महासंघ नेतृत्व विहिन मात्रै हैन अब सकिन्छ भन्ने अवस्थाबाट हामी लयमा आएका छौं, अब अघि बढ्छ ।” ‘विभिन्न आरोह अबरोकाबीच समग्रह ख्रीष्टियन समुदायको आस्थाको धरोहर महासंघ आज उत्साहित भएको छ र यो उत्सवमय अवस्थासम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद तथा अभार व्यक्त गर्दछु ।’
सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता बिनोद पहाडीले नेपालको संविधानमा धर्म निरपेक्षताको व्यवस्था दर्ज भइसक्दासमेत देशमा अहिले पनि ख्रीष्टियन समुदायमाथि अत्याचार नरोकिएकोप्रति चिन्ता व्यक्त गरे । अत्यावश्यक बिषयमा पनि राज्य संयन्त्र पूर्वाग्रही भएको बताउँदै संविधान सभा सदस्यसमेत रहेका पहाडीले भने,“बाईबल बोकेको भरमा जेल बस्नु पर्ने, चर्चा भत्काईदा पनि राज्य चुप बस्ने, सब गाड्न जमिन नदिने यो त अति भयो ।”
प्रदेश सांसद लिला थापाले धर्म निरपेक्ष राज्यमा ख्रीष्टियन समुदायले अहिले पनि दमन र अत्याचार खेप्नु परेको भन्दै दुर्भाग्य भएको बताए ।
जनताजाति नेता आङ्काजी शेर्पाले ३५ लाख ख्रीष्टियन समुदायले आफ्नो अधिकारका लागि एकजुट भएर चुनाव मार्फत नीति निर्माणको तहमा पुग्ने तयारी गर्नु पर्ने सुझाए ।
सो कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री रुपा बि.क.बाट राष्ट्रिय ख्रीष्टियन महासंघका संथापक अध्यक्ष डा.सुन्दर थापा, आशा नेपालका प्रबन्ध निर्देशक विमला थापालगायत सो समुदायलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।
त्यसैगरी कार्यक्रमलाई आमुल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी, डा.सुवास सुब्बा, डा.राजु थापा, अभियान्ता डा.मित्र परियार, समजसेवी विमला थापा, धर्म गुरु भव घलेलगायतले ख्रीष्टमसको शुभकामना दिएका थिए । विभिन्न संस्कृतिक नृत्य तथा सांगितिक प्रश्तुतिसहित भएको सो कार्यक्रमको संयोजन पाष्टर ईश्वर श्रेष्ठले गरेका थिए भने सञ्चालन पाष्टर उपेस नौबागले गरेका थिए ।








