Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ज्ञानेन्द्र शाहीको खोक्रो समाजसेवा,बाउन्स चेक दिएर ब्यापारिको पारे बिल्लिबाठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 15, 2021
[webverse_shares]

भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको ।

समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।

केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।

 

तर शाहीले भने अब व्यापार आफैँ गर्ने भन्दै सवारी साधनको पछाडि भागमा चामल,विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाले । त्यहि क्रममा कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट २०७५ सालमा ८ सय ४० बोरा चामल उठाए । जसको मूल्य झण्डै नौ लाख रुपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताएका छन् ।

त्यसबेलाको नौ लाख रुपैयाँको न साँवा,न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पारेका शाही दुखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अभियन्ता हुन् । अग्रहरीलगायतका व्यापारीले पटक पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गरेका थिए ।
यदाकदा फोन उठाएर पुरानो रकम तिर्छु भनेपनि शाहीले तीन वर्षसम्म झुक्याएको उनीहरु बताउँछन् । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् ।

अग्रहरीलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले बताए । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।

तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक पटक फोन गरेका थिए । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved