काठमाडौ । बुढानिलकण्ठ नगर इसाई समितिको आयोजनामा हिजो पुस ६ गतेका दिन गोल्फुटारस्थित अमुप्रस्था व्यांकेटमा नगरस्तरीय ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख श्री मिठाराम अधिकारीले ख्रीष्टमसको शुभकामना दिनुहुँदै नगरको विकासमा ख्रीष्टियनहरूले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
नगर इसाई समितिका अध्यक्ष पास्टर गणेश देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रेभ. बालकृष्ण शर्माले ख्रीष्टमसको सान्दर्भिकता बारे प्रकाश पारेका थिए ।
उक्त कार्यक्रमका अन्य अतिथिहरूले पनि ख्रीष्टमसको शुभकामना मन्तव्य राखेका थिए भने, सो ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रमको संयोजक पास्टर यूहन्ना काप्री थिए। मालती राईले उक्त कार्यक्रमलाई कुशलतापूर्वक सन्चालन गरेका थिए।
