धरान। आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रिष्टमस,ईस्वी संवत(नयाँवर्ष २०२५),उधाैली,चासाेक तङ्नाम, यमरी पुन्ही ,तमु ल्हाेसार लगायत चाडपर्वहरुकाे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित भई शुभकामना ब्यक्त गरे ।
जसमा आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव नरेश विश्वकर्मा,पहिचानवादी माेर्चाका केन्द्रीय नेता जेन्टल लावती, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिका सहसचिव सुमन गहतराज,जनता समाजवादी पार्टीका उपमहानगर समिति सहसचिव रणजीत राई, नेकपा एमाले धरानका सचिवालयल सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष कृतमान दर्नाल, नागरिक उन्मुक्ति पार्टी सम्बद्ध युवा संगठनका सुनसरी जिल्ला ईन्चार्ज रमेश राई , ख्रिष्टिय समाज धरानका अध्यक्ष गाेविन्द राई, पाष्टर अगुवा संघका अध्यक्ष सूर्य तामाङ्ग लगायत रहेका थिए ।
धरान १५ बगरकाेट स्थित साेरिया गेष्ट हाउसकाे हलमा सम्पन्न उक्त कार्यक्रम संचालन पार्टीका धरान उपमहानगर समितिका अध्यक्ष छत्रबहादुर कालिकाेटे (केशव) ले गरेका थिए ।
