सुनसरी । कोशी प्रदेश ईसाई समाजको आयोजनामा आज ईटहरी बप्तिष मण्डलीमा ख्रीष्टमस शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। समाजका वरिष्ठ सल्लाहकार रेभ. दानियल सुव्वाको प्रार्थनावाट शुरु भएको सेवामा कोशी प्रदेश ईसाई समाजका वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरुलाई सम्मानको निम्ति निमन्त्रणा गरिएको छ।
प्रमुख अतिथि साथै प्रमुख वक्ता साथै एन सिएफ एन कोशी प्रदेश अध्यक्ष सहितले संयुक्त रुपमा सम्मान दोसल्ला तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो।
प्रमुख वक्ता कुपण्डोल ए. जी. चर्चका संस्थापक पाष्टर दिलिप क्षेत्रीले वचन प्रचार गर्नुभएको सेवामा प्रमुख अतिथि एनसिएसका महासचिव रेभ राजेन्द्र मल्ल, सल्लाहकार लोकमणी ढकाल, डा. शेमलाल हेमरम र एनसिएफएन कोशी प्रदेश अध्यक्ष पास्टर गंगा आलेले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कोशी प्रदेश ईसाङङ समाजका अध्यक्ष पास्टर विक्रम वर्णवास येक्तेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पास्टर विनोद मु्र्मु र प्रवक्ता पास्टर सुरज मल्लले संयुक्त रुपमा संचालन गर्नुभएको थियो।
कार्यक्रमका संयोजक पास्टर आकाश थुलुगंले धन्यवादज्ञापन गर्नुभयो भने कार्यक्रमपछि प्रितिभोजको समेत आयोजना गरिएको थियो।
पारिवारिक रुपमा आयोजना गरिएको कार्यक्रममा समाजका पदाधिकारी सहित कोशी प्रदेशका विभिन्न जिल्लाका जिल्ला ईसाई समाजका अध्यक्षहरुको सहभागिता रहेको थियो।
