By Dikendra
झापा । कोशी प्रदेश ईसाई समाजको आयोजनामा ऐतिहासिक “बडादिन ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८१” भव्य रूपमा हुने भएको छ।
सो कार्यक्रम इटहरीस्थित बप्तिस चर्चमा पुष १ गते सोमबार (भोलि) बिहान १० बजे सुरु हुने भएको छ । कार्यक्रममा वक्ताको रूपमा रेभरेण्ड दिलिप क्षेत्री हुनुहुनेछ भने प्रमुख अतिथिका रूपमा केन्द्रिय ईसाई समाजका महासचिव रेभरेण्ड राजेन्द्र मल्ल काठमाडौंबाट आउनुहुने भएको छ।
कार्यक्रमका विशिष्ट अतिथिमा एन.सि.एफ.एन्. कोशी प्रदेशका अध्यक्ष पास्टर गंगा आले मगरलगायत अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ।
कार्यक्रमका संयोजक पास्टर आकाश थुलुङ्ग राईका अनुसार यस वर्षको कार्यक्रममा कोशी प्रदेश ईसाई समाजका सबै सल्लाहकार पास्टरहरूलाई सम्मान गरिनेछ।
यसपटकको कार्यक्रम चाहिँ पदाधिकारी, सचिवालय सदस्य, र जिल्ला संयोजकहरू मात्रै भेला भएर गरिने बताइएको छ। कार्यक्रमले ख्रीष्टमसको धार्मिक र सामाजिक महत्वलाई उजागर गर्दै समाजमा एकता र मेलमिलापको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
