Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली समाजमा महिला मुक्ति आन्दोलन किन बन्यो कमजोर ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 15, 2024
72 shares

अनिता रसाइली। २०८१ साल मंसिर २८ गते धरान ३ पुरानो बजारमा ३८ वर्षीय अमृत रसाइलीले २४ वर्षकी आफ्नै पत्नि सम्झना बराइलीलाई गर्धनमा खुकुरी प्रहार गरेर हत्या गरे । उनीहरुका ९ वर्षका छोरा र ४ वर्षकी छोरी रहेछन् ।

भोजपुरको अरुण गाँउपालिका पाल्पालेका उनीहरु धरानमा कोठा भाडामा बस्दै जानकी ज्वेलर्स नामक सुनपसल पनि सञ्चालन गर्दै आएका थिएछन् । जब अमृतले सम्झनाको हत्या भएपछि हत्यारा अमृत कोठामा पत्निको लाश र अबोध बालबच्चालाई छोडेर इलाका प्रहरी कार्यालय धरानमा आत्मसमर्पण गर्न पुगेछन् । पत्नी हत्याको कारण खोज्दै जाँदा अमृत र सम्झनाको अनमेल विवाह देखिन्छ । अमृत भन्दा सम्झना १४ वर्षले कान्छी देखिन्छन् । १४ वर्षको उमेरमा विवाह गरेर १५ वर्षमा बच्चा जन्माएकी सम्झनाले श्रीमान्को डरमा बस्दै आएकी थिइछन् ।

श्रीमान् सुनचाँदीको काम गर्ने भएपनि खानलाउन पुराउन नसक्दा उनी धरानका चोकहरुमा डोकोमा साग बोकेर बेच्दै आएकी थिइन् । अमृतले सम्झनालाई यसरी एक्कासी हत्या गर्नु र अमृत सुरक्षित रुपमा प्रहरीको शरणमा पुग्नुले महिलाहरु अहिले पनि निकै असुरक्षित छन् भन्ने एउटा उदाहारण मात्र हो, यसप्रकारका घटना दिनहुँ भइरहेका छन् । यस्ता घटनाका विरुद्धमा महिला हिंसा बिरुद्ध, महिला अधिकारका आन्दोलन हुन सकिरहेका छैनन्, कानुन फितलो भएका कारण प्रतिदिन महिलाहरु असुरक्षित बन्दै गइरहेका छन् ।

नेपाल एकीकरणताका सामन्तवादी युगको चकचकी थियो । राज्यसत्ता सञ्चालन गर्नेहरुले महिलाहरुलाई केवल उपभोगको साधन मात्र बनाएका थिए । हुनत कोही पनि मानिस आमा बिना जन्मेको हुँदैन । एउटी महिलाले आमा, पत्नि र छोरीका रुपमा खडा हुनुपर्छ । सबैभन्दा पहिला छोरी भएर जन्मेपछि हुर्के बढेर पत्नि हुनुपर्ने र त्यसपछि आमा बन्नुपर्ने हुन्छ । ती ३ पहिचानका बीचमा अन्य धेरै नाता सम्बन्ध जोडिन्छ ।

एउटी महिलाका लागि बुबाआमा, दाजुभाई दिदीबहिनी, सासुससुरा, नन्दआमाजु, जेठानी देउरानी, देवरजेठाजु, लगायतका सम्बन्ध हुन्छन् । यी सम्बन्ध बीचमा नै भेदभाव, उचनीच र विभेदको व्यवहार हुन थाल्छ । जब महिलालाई घरबाट भेदभावको व्यवहार शुरु हुन्छ तब घरैबाट महिला हिंसाका घटना शुरु हुन्छन् । त्यसैले महिला हिंसाको अन्त्यका लागि घरेलु वातावरण र शिक्षामा व्यापक परिवर्तन आउन आवश्यक छ ।

नेपालको जनसंख्याको झण्डै ५२ प्रतिशत संख्या महिलाहरुको छ । कुनै पनि घर महिलाबीना सञ्चालन हुन निकै गाह्रो हुन्छ । एउटा परिवारले पूर्णता पाउनका लागि महिलाको आवश्यकता पर्दछ । तर हाम्रो समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोणमा अहिले पनि परिवर्तन आउन सकेको छैन । घरघरमा अहिले पनि छोरीलाई अर्काको घरमा जाने जात, छोरी बढे ज्वाईका लागि, जति खर्च गरे पनि अर्काका लागि भन्ने जस्ता भेदभावजन्य शब्दहरु प्रयोगमा रहेका छन् ।

यसले के स्पष्ट पार्दछ भने घरमा छोरीका लागि छोराहरु विपक्षमा जवरजस्त उभ्याइन्छ । छोरा नजन्मिएमा खोजेर वा पालेर भएपनि बनाउने चलन अझै पनि हटेको छैन । छोरा र छोरीमा भेदभाव राखेकै कारण समाजमा छोरीहरु माथि अहिले पनि घरेलु हिंसादेखि जघन्य अपराध समेत हुने गरेका छन् । यसको निरुपण गरेर हरेक महिलाले सुरक्षित रुपमा बाच्न र समान हक अधिकारको प्रयोग गर्ने वातावरण बनाउनु सबैको कर्तव्य हो ।

छोरीलाई सबैभन्दा पहिला बुबा आमाले विना भेदभाव जन्माउने, हुर्काउने, पालनपोषण गर्ने, शिक्षा दिक्षा दिने काम गर्नुपर्छ । उनीहरुलाई जन्मेर गल्ती पो भएछ भन्ने भावना कहिल्यै विकास गराउनु हुँदैन । आत्मविश्वास बढाउने, हिनताबोध हटाउन उनीहरुलाई विभिन्न प्रकारका तालिम, शिक्षा र सीप सिकाउनु पर्छ । दाजुभाईहरुलाई दिदीबहिनी भनेका अबला हुन्, उनीहरुलाई दया र माया गर्नुपर्छ भन्ने होइन, तिम्रा जति हिस्सा छ त्यति हिस्सा र अधिकार उसको पनि छ । हाम्रा कोखबाट जन्मेका सबै बराबर हुन् ।

भविष्यको चिन्ता कसैले नगर, सक्षम भयौं भने हामीलाई बुढेशकालमा रेखदेख गर्ने कर्तव्य छोराछोरी दुवैको हो । हामीसँग धनसम्पत्ति नहोला तर जसरी तिमीहरुलाई हामीले हुर्काउँदैछौं, भविष्यमा हाम्रो बल, भरोसा र संरक्षक तिमीहरुलै हौं भनेर समानताको व्यवहार गर्नुपर्छ । जब बुबाआमाबाट नै छोराछोरीमा भेदभाव भएन भने त्यस घरमा महिला मुक्तिका लागि ठूलो सफलताको सुरुवात हुनेछ ।

प्रायः २० वर्ष उमेर पुगेपछि छोरा वा छोरी विवाहका लागि योग्य हुनेछन् । उनीहरुबीच विवाह हुँदा केटाको घरमा केटीलाई भित्र्याउने चलन छ । त्यसो भएको हुनाले केटीको घर परिवार राम्रो बुझ्ने भएर मात्र हुँदैन । यदि केटाको परिवारमा छोरीलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार परम्परावादी नै रहेछ भने त्यहाँबाट महिला हिंसा शुरु हुन्छ । महिला हिंसा हुनुका कारणहरु मध्ये पहिलो दाइजो, दोस्रो सन्तान, तेस्रो संस्कार आदि देखिएका छन् ।

नेपाली समाजको परम्परागत विवाहमा व्यापक सुधार गर्नुपर्ने खाँचो छ । छोरीलाई विवाह गरिदिँदा उपहार दिने नाममा दाइजो दिने गरिन्छ । यो दाइजो प्रथा हटाउनु पर्छ । छोरीलाई दिने जे जति हो, विवाहकै दिन दिने अनि त्यसदिन देखि उसलाई पराई घरकी सम्झने माइतीहरु खराब हुन् । विवाहका दिन उपहार दिनु र आशिर्वाद दिनु भनेको वैवाहिक जीवनका सफलताका लागि शुभकामना दिनु हो तर दाइजोका नाममा केहि धनसम्पत्ति दिएर जन्मेहुर्केको घरबाट विस्थापित गर्नु भनेको छोरीका लागि ज्यादै नराम्रो हो ।

जसरी छोराको विवाह गर्दा बुहारीलाई पूर्णतः घरको अधिकारवाला सम्झिइन्छ त्यसरी छोरीको विवाह गरेपछि ज्वाईलाई पनि एकाघरको सदस्य सम्झने गर्नुपर्छ । त्यसो नगरी भेदभाव गर्दा महिलाहरु हिंसामा पर्ने गरेका छन् । महिला हिंसाको पहिलो कारण भनेको उनका माइती पक्ष नै हुन् । जसको माइती पक्ष बलियो छ उसका छोरीचेली हिंसामा पर्दैनन् तर जसका माइती कमजोर छन् उनका छोरीचेली महिला हिंसामा परेको देखिन्छ । त्यसैले विवाहमा दाइजो होइन विवाह पछि छोरा सरह अंशको व्यवस्था गर्नुपर्छ र बाबुआमा पाल्ने दायित्व छोरा वा छोरी बुबाआमाको रोजाईमा हुनुपर्छ ।

छोरीलाई सम्पत्तिको मालिक बनाउन जबसम्म हिचकिचाइन्छ तबसम्म हिंसाको अन्त्य हुँदैन । महिला हिंसाको प्रमुख कारण सम्पत्ति हो । जुन घरमा महिलाका नाममा सम्पत्ति छैन, त्यहाँ पुरुषले हैकम जमाउँछ र महिला माथि अन्याय, अत्याचार गरेको हुन्छ । त्यसैगरी महिलाले लगाउने, खाने कुरामा पनि भेदभाव देखिन्छ, जस्तो पुरुषको रोजाईमा कपडा लगाउनु पर्ने, जेठाजु, ज्वाई आदिको अघि टाउँको ढाक्नुपर्ने, ठाडो शिर गर्न नहुने, खाना खाँदा सबैले खाइसकेपछि मात्र उब्रेपाब्रेको मात्र खानुपर्ने, पति वा बाबुको जुठो उब्रेको खानै पर्ने जस्ता कतिपय संस्कारहरु पनि गलत हुन् ।

परिवारका अन्य सदस्यले जस्तै एकैपटक पस्केर सँगै रमाएर खान सक्ने वातावरण निर्माण गर्नुपर्छ । महिला मात्र भान्से हुने, महिलाले मात्र भाडाकुँडा सफा गर्ने र घरमा कुचो लगाउने, सरसफाई गर्ने होइन, घरमा भएका सबै व्यक्तिले आलोपालोमा सरसफाई गर्नुपर्छ । छोरीलाई घरेलु काममा लगाउने र छोरालाई बाहिरी काममा लगाउने सोंच बनाउनु हुँदैन । बुहारीलाई घरेलु धन्दापातमा अलमलाउने र छोरालाई देशविदेश घुमाउनाले छोरा मान्छेको मनोबल बढ्छ तर छोरी मान्छेको मनोबल कमजोर भइरहेको हुने हुँदा सबैलाई समान अवसर उपलब्ध गराउनु पर्छ ।

आजको २१ औं शताब्दीमा पनि कतिपय पतिहरुले आफ्नी पत्निलाई घरबाहिर निकाल्न चाहँदैनन् । उनीहरु सम्झन्छन् कि आफ्नी पत्नि घरबाहिर निस्केमा आफ्नो घर परिवार खत्तम हुन्छ भनेर, तर त्यो गलत हो । जब आफु गएको ठाउँमा आफ्नी पत्निलाई पनि लान सक्नुपर्छ । आफुले सिकेका सिप र ज्ञान आफ्नी पत्निलाई पनि प्रदान गर्नुपर्छ । जहिले पनि पति पत्निमा सानो ठुलो नभनी समान हौं भन्ने भावनाको विकास गराउन जब मनदेखि नै लागिन्छ तब त्यहाँ भेदभाव हुँदैन ।

पति होस् वा पत्नि आवश्यकताका आधारमा आफ्ना सम्पत्तिको मालिक दुवै जना हुन सक्नुपर्छ । भएका स्रोत साधनमा बराबर पहुँच राख्नुपर्छ । मालिक र नोकरको व्यवहार हुनुहुँदैन । पति भनेको स्वामी वा मालिक र पत्नी भनेको दासी वा नोकरनी हो भन्ने गलत मान्यताको अन्त्य गरेर पति पत्नि भनेका एउटै रथका दुई पाङ्ग्रा वा एउटै सिक्का दुई पाटा हुन् भन्ने कुराको ख्याल गर्नुपर्छ ।

त्यसो भयो भने घरका अन्य सदस्यले महिलालाई हेप्न सक्दैनन् । कतिपय आजभोली घरमा महिलाले शासन चलाउने र पुरुष अन्यायमा परेका पनि देखिन्छ त्यसो गर्नु पनि उचित होइन, महिला र पुरुषबीचको भेदभाव राख्नु वा गर्नु हुँदैन । नेपाली समाजमा महिला मुक्ति आन्दोलन अझै पनि उत्कर्षमा पुग्न सकिरहेको छैन । आन्दोलन भनेको लडाई वा झगडा मात्र होइन बिचार र व्यवहारको तादम्यता हो । समाजमा महिला पुरुषको हक समानतामा आधारित हुनुपर्छ ।।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved