काठमाडौं । अंग्रेजी बर्षकाे अन्तिम सँगै विश्वभर रहेका ख्रीष्टियन धार्मिक समुदायहरुमा ख्रीष्टकाे जन्मउत्सव ( ख्रीष्टमस ) काे राैनक बढ्न थालेकाे छ।
यस्तै , संयुक्त इसाई गोठालो संगति र बागमती प्रदेश ख्रीष्टियन समाजको आयोजनामा आज काठमाडौंमा ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नगरेकाे छ ।
गोठालो संगति र बागमती प्रदेश ख्रीष्टियन समाजका अध्यक्ष रेभ. डा. तेज रोक्काको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका संस्थापक अध्यक्ष तथा आशिष् चर्च रानिबारिका बरिस्ठ पास्टर डा. शुन्दर थापा, एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामांग, नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पा. डिल्लीराम पौडेल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष उद्धब प्रसाद चिमाेरिया लगायत विशिष्ट अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे।
पास्टर रूपनारायण तिमिल्सिनाले येशू ख्रीष्टको जन्मोत्सवको बारे प्रकाश पारेका थिए भने,पास्टर हरि के.सी. ले कुशलतापूर्वक कार्यक्रम सन्चालन गरेका थिए सो कार्क्रममा विभिन्न मण्डलीहरूबाट विभिन्न प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो ।

