दमक । लायन्स डिस्ट्रिक्ट ३२५’C र कर्रनर स्टोन फाउण्डेशनको संयुक्त आयोजनामा मधुमेह तथा प्रेसर सम्बन्धि सामूहिक परिक्षण बिहीबार सम्पन्न भएको छ ।
दमक स्थित कर्रनर स्टोन फाउण्डेशनको परिसरमा भएको परिक्षणबाट सयौं जना लाभान्वित भएका छन ।
कार्यक्रममा प्रमुख संयोजक लायन बुद्धिसागर बरालले समुदायका लागि स्वास्थ्यजाँच कार्यक्रमको महत्त्वलाई जोड दिनुभएको थियो। उहाँका अनुसार, मधुमेहजस्ता जीवनशैलीसँग सम्बन्धित रोगहरूको पहिचान र रोकथामका लागि यस प्रकारका परीक्षण सेवाहरूले ठूलो योगदान पुर्याउँछ।
जोन चेयरपर्सन युवराज गजमेरले बदलिँदो खानपान र जीवनशैलीका कारण शहरी क्षेत्रमा मधुमेहजस्ता रोगहरू बढी देखिन थालेको बताउँदै, यस्ता कार्यक्रमले जनमानसमा जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
कार्यक्रममा एरिया चिफ लायन नेत्र चाम्लागाईं, रिजन चेयरपर्सन विवेक बजगाईं, हरि उप्रेतीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उनीहरूले सामूहिक परीक्षण सेवाले समुदायलाई आफ्नो स्वास्थ्यप्रति सचेत बन्न प्रेरित गर्ने धारणा व्यक्त गरे।
आयोजकका अनुसार, यस प्रकारका कार्यक्रमहरूको निरन्तरता समुदायको स्वास्थ्य सुधारका लागि आवश्यक रहेको उल्लेख गरे।
