Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कालोढुसी अर्थात् ब्ल्याक फङ्गस के हो र यसबाट कसरी बच्ने?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 15, 2021
[webverse_shares]

ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी भारतको गुजरात र मुम्बईबाट व्यापक रूपमा देखा पर्‍यो। छोटो समयमा नै धेरै मान्छेको ज्यान गएपछि त्यहाँ राष्ट्रिय सङ्कटको रूपमा देखापर्यो । आँखाबाट प्रवेश गरेर यसको भाइरस मस्तिष्कसम्म पुग्छ ।

करिब ५ हजार जनतालाई प्रभावित पारेपछि त्यहाँको सरकारले राष्ट्रिय सङ्कटको रूपमा लियो । यो चाहिँ एक किसिमको फङ्गस इन्फेक्सन हो । मेक्ररमाइसेटिस भन्ने फङ्गस हुन्छ । त्यो लगायत त्यसको प्रजातीले गर्दा कोभिड भएका मान्छेलाई प्रभावित पारिरहेका छ ।

कोभिड भएका मान्छेको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यस्तै बेलामा फेरि फोक्सोमा असर पुग्छ । फोक्सो बिग्रिन थालेपछि तुरुन्तै औषधी दिइहाल्नुपर्छ । तर यो सबैलाई हुँदैन । फोक्सोमा असर पुगेकालाई बचाउन फेरि गाह्रो पर्छ । त्यो एउटा औषधीले पनि स्वाट्टै रोग प्रतिरोधक शक्ति कम गरिदिन्छ ।

इम्युनिटी कम हुँदा यसले धेरै प्रभावित पार्छ । शरीरमा सजिलै नाकबाट प्रवेश गरेर नाकको मासु खाएर आँखामा पुग्ने र आँखाको मासु खाइसकेर मस्तिष्कमा पुग्ने यसको विशेषता हुन्छ ।

नेपालमा यसको प्रभावः

कालोढुसी भनेर आँखालाई असर पार्ने र आँखालाई असर पारेपछि आँखा निकाल्ने काम पहिले पनि भएको हो। त्यो एकदमै विरलै हुन्थ्यो । वर्षमा एक दुई वा कहिले कही हुँदैन पनि थियो ।

अहिले कोभिडमा यसको मात्र बढेको देखिएको छ। अहिले करिब १० भन्दा बढी व्यक्तिलाई देखिएको पुष्टि भइसकेको छ । यो मात्र झन्झन् बढ्ने हामीले अनुमान गरेका छौँ ।

लक्षणहरुः

सुरुवातमा छालामा पनि असर पुग्छ । सुरुमा कालो डढेको छाला जस्तो देखिन्छ । नाकमा असर पुग्छ । यसले पिनास जस्तो हुन्छ । नाक बन्द हुन्छ । नाकामा कालो पाप्रा देखिन्छ । नाकबाट रगत बग्यो भने र कालो पाप्रा देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । नाकपछि आँखामा जान्छ ।

नाकमा आएको ७, ८ दिनमा आँखामा जान्छ । आँखाको डल्लो दुख्ने, आँखा रातो हुने, आँखाको डिल कालो हुने हुन्छ । एउटा बस्तुलाई हेर्दा दुई ओटा देखिने लक्षण हुन्छ । चिप्रा आइरहने र आँखा सुनिने हुनसक्छ । आँखाको भाग बाहिर आएको महसुस हुन थाल्छ । यसले आँखाको भित्री भाग छोटो समयमा नै खाइसक्छ र यो चाँडो मस्तिष्कमा पुग्छ । करिब ८ दिन भित्र यो मस्तिष्कमा पुगेर आँखामा आउने रक्तनली खाइदिइसक्छ । त्यो डरलाग्दो अवस्था हो । आँखा कामै नलाग्ने पनि बनाइदिन्छ । यसको असरले त मान्छे तुरुन्तै अन्धो हुन्छ ।
त्यसपछि बिस्तारै दिमागको भागतिर पुग्छ र यसले मान्छे अचेत हुने । समय समयमा मुर्छा पर्ने, टाउको दुख्ने र चक्कर लाग्ने लक्षण हुन्छ । तर ,यो चाहिँ अन्तिम लक्षण हो । हामीले पहिले नाकमा देखिएको लक्षण हुने बित्तिकै चाँडै चिकित्सकलाई देखाइहाल्नुपर्छ । नाकमा हुँदै पत्ता लगाए उपचार सहज हुन्छ ।

नाकको मासुको सानो भाग परीक्षण गरेर सहजै पत्ता लगाउन सकिन्छ । यो नाक कान घाँटीको डाक्टरले पत्ता लगाउन सक्नुहुन्छ ।

Black-Fungus-photo

बच्ने उपाय :

कोभिड भएको बिरामीले प्रयोग गर्ने स्टोरेड नामको जुन औषधी छ यसको जथाभाबी प्रयोगले यो रोग निम्तिने सम्भावना हुन्छ । किनकि यसले मान्छेको रोगसँग लड्ने शक्ति घटाइदिन्छ । धेरैले कोभिड भएपछि चिकित्सकको सल्लाह नगरी यो औषधी अन्धाधुन्ध सेवन गरिरहेको पाइएको छ । यो घातक हो । सुगर र उच्च रक्तचाप भएका कोभिड सङ्क्रमितले आफ्नो जाँच नियमित गराउनुपर्छ र यो औषधी सेवन गर्दा त चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।

अर्को कुरा धेरैले कोभिड लागेको बिरामीलाई घाम नलाग्ने ओसिलो कोठामा मात्र राखिरहेका हुन्छन् । बाहिर निस्कँदा कोभिड फैलिने भन्दै घाम नलाग्ने चिसो कोठामा राखे यसको आक्रमणमा पर्न सकिन्छ । त्यसैले भरसक घाम लाग्ने कोठामा यस्ता सङ्क्रमितलाई राख्ने र पोसिलो आहार खुवाउने । जति सकिन्छ भिटामिनयुक्त खानेकुरा खुवाउने ।

हामीले खानेकुरालाई पनि विशेष ध्यान दिनुपर्छ । जस्तो खाएका कुराहरू सडेगलेका पो छन् कि, ढुसीको परेका छन् कि भनेर सतर्क हुनुपर्छ ।

त्यस्तै सङ्क्रमितलाई दिइने अक्सिजनमा पानी हुन्छ । त्यो पानी प्रयोग गर्ने मास्कमा पानीको ओसिलोपन भइरहने हुँदा लामो समयसम्म सफा नगर्दा त्यसले पनि ढुसी निम्त्याउने उच्च जोखिम हुन्छ । यसलाई बेला बेला सफा गरिरहनुपर्छ । व्यक्तिगत सरसफाइलाई पनि विशेष ध्यान दिनपर्छ ।

उपचारको अवस्था :

राम्रोसँग उपचार गरेको खण्डमा मानिसको बाँच्ने सम्भावना एक सय मा ६० प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ। कहिकोहीले उपचार पाएनन् भने २० प्रतिशत मात्र बाँच्छन् । ८० प्रतिशतको त बाँच्ने चान्स नै हुँदैन ।

आत्तिहाल्नुपर्छ भन्ने छैनः

अहिले सुगर र कोभिड भएको मान्छेलाई कालोढुसी हुने रैछ भन्ने हल्ला पनि छ । यो आत्तिनुपर्दैन । माथि भनेका कुरालाई ख्याल गरे हामीले यो रोगबाट मुक्त हुन सक्छौँ ।

२० देखि ५० वर्षसम्मका मानिसहरूमा धेरै देखिएको छ । यसको फङ्गस मार्ने औषधी चाहिँ अहिले अभाव छ । हाम्रो (तिलगंगा) मा पनि हाहाकार नै छ। हामीले ठुलो प्रयासले अलिकति औषधी जतन गर्न सफल भएका छौँ। यसको एकै पटक उपचार हुँदैन । यसको उपचार महिनौँ लगाएर गर्नुपर्छ । यो महँगो औषधी हो ।

अर्को उपचार अप्रेसन हो । यसले खाएको कालोढुसीलाई फालेन भने फैलिन्छ । यसलाई नाकको भित्री भाग वा कहिलेकाहीँ आँखा नै निकालेर फाल्नुपर्ने हुनसक्छ । यसको उपचार देशैभरका दक्ष चिकित्सकले गर्न सक्छन् । यसमा विभिन्न विशेषज्ञको टिमको आवश्यकता पर्छ । शल्यक्रियाका लागि जनशक्ति तयार छ । तर, यसमा प्रयोग हुने औषधीको पर्याप्त मात्रामा उपलब्धता चाहिँ छैन । यो त्यति सस्तो खालको र सबै मानिसको पहुँचमा हुने उपचार पद्धति भने विल्कुल होइन ।

(इटहरी निवासी लिम्बु तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ आँखा रोग विशेषज्ञको रूपमा काम गर्छन् । इटहरीमा ग्लोबल आँखा केन्द्र समेत सञ्चालन गरी सेवा दिइरहेका लिम्बु सँग kapurinews.comले गरेको कुराकानीको सम्पादित अंश )

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved