काठमाडौं । अंग्रेजी पात्राे अनुसार बर्षकाे अन्तिम महिना सुरु भएसँगै ख्रीष्टमस सुरु भएकाे तथ्यहरु देखिन थाल्छ।
आज ललितपुरको सानेपा स्थित आराधना चर्चमा नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त आयोजनामा प्रि-ख्रीष्टमस २०२४ को आयोजन गरीएकाे थियाे।
ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गर्याे। पास्टर संगम के.सीले संचालन गरेको उक्त कार्यक्रममा नेपाली सु-समाचारिय इसाई मण्डलि सूर्यबिनाएकका वरिष्ठ पास्टर चन्द्र श्रेष्ठले ख्रीष्टमस सम्बन्धी प्रवचन दिँदै येशू ख्रीष्टको जन्मको सान्दर्भिकता बारे प्रकाश पारेका थिए।
भने, कार्यक्रममा उपस्थित पास्टर तथा ख्रीष्टियन समुदायको बिभिन्न संस्थाका प्रमुखहरूले ख्रीष्टमसकाे शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमलाई थप रमाइरहेका लागि गायिका चन्दा देवान तथा संगीतकार अन्जन घलेले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममाे संयोजककाे भुमिकाबाट पास्टर तेज राेक्काले कार्यक्रममा उपस्थित सम्पूर्ण पास्टरहरु,चर्चका अगुवाहरु तथा उपस्थित सबैलाई धन्यवाद सहित शुभकामना ब्यक्त गरेका थिए।


