Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक ईसाई समाजद्वारा ख्रीष्टमस शुभकामना आदानप्रदान तथा र्‍याली कार्यक्रम पुस ७ गते आयोजना गरिँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 4, 2024
522

By Dikendra

झापा । दमक नगर ईसाई समाजले ख्रीष्टमस पर्वको अवसरमा आगामी पुस ७ गते शुभकामना आदान-प्रदान तथा र्‍याली कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। यस कार्यक्रमले ख्रीष्टमसको महत्वपूर्ण सन्देश—शान्ति, प्रेम, र एकता—समाजमा फैलाउने लक्ष्य राखेको छ।

बुधबार टि टाइम, दमकमा आयोजित पत्रकार भेटघाटमा, ईसाई समाज दमकले र्‍याली दिउँसो १२ बजे गंगानगरीबाट प्रारम्भ हुने जानकारी गराएको छ। र्‍याली नमुना मार्ग, फाल्गुनन्द चौक, सगरमाथा पेट्रोलपम्प हुँदै गोर्खा डिपार्टमेन्टसम्म पुगेर समापन हुनेछ। आयोजकका अनुसार, यस र्‍यालीमा दमक नगर र आसपासका ईसाई समुदायका हजारौं सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक पास्टर कुमार तामाङका अनुसार, “ख्रीष्टमस पर्व कुनै धर्म, जाति वा वर्ग विशेषको लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि पाप क्षमा, शान्ति, र समृद्धिको संदेश बोकेको पर्व हो। यसले समाजमा खुशी, उत्साह, र प्रेरणा जगाउने काम गर्छ।”

त्यसैगरी, दमक ईसाई समाजका सल्लाहकार तथा प्रशासन समन्वय समितिका संयोजक पास्टर राजकुमार राईले भन्नुभयो, “ख्रीष्टमसले समाजलाई द्वेष र भेदभावबाट टाढा राख्न र एकता, प्रेम, र सहिष्णुताको सन्देश दिन मद्दत गर्दछ।”

कार्यक्रमका प्रमुख वक्ताका रूपमा एनसिएफ नेपालका कोषाध्यक्ष तथा धरान अनुग्रह इम्मानुएल चर्चका पास्टर रेभ. हिमाल जोसेफ राईको उपस्थिति निश्चित भएको निवर्तमान अध्यक्ष तथा सामाजिक विकास उपसमिति संयोजक पास्टर आकाश थुलुङले जानकारी गराउनु भयो । साथै, दमकका चर्च र स्थानीय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।

कार्यक्रममा समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बा, उपाध्यक्ष पास्टर राम राई, विपत्त व्यवस्थापन उपसमिति संयोजक पास्टर युवराज गजमेर, जवान समिति अध्यक्ष एल्डर सुरज लिम्बू लगायतको उपस्थिति रहेको थियो।

शुभकामना आदान-प्रदान कार्यक्रमले समुदायमा आपसी सहकार्य र सद्भावलाई प्रोत्साहित गर्नेछ। आयोजकहरूका अनुसार, “यस ख्रीष्टमसले सबैलाई एकताबद्ध बनाउँदै समाजमा दया, प्रेम, र सहयोगको नयाँ अध्याय प्रारम्भ गर्न प्रेरणा दिनेछ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved