प्रदिप लामा, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्रसँगै समाज रुपान्तरण हुँदै गएकोबताएका छन् । ख्रीष्टकाे जन्मउत्सव (ख्रिष्टमस) २०८१ तथा इस्विसम्वत सन् २०२५ को शुभ कामना आदान प्रदानका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, बागमती प्रदेशकाे आयाेजनामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामाले गुम्बा, चर्च,मठमन्दिरको विस्तार गर्नु राज्यको दायित्व भएको बताएका थिए ।

अल्पसंख्यक धार्मिक समुदायहरुले मनाउने प्रमुख चाडहरु याे देशमा आश्रृत सबै धर्मका नागरिकलाई राज्यले समान रुपले हेर्नू पर्नेमा जाेडदिँदै गुम्बा, मठमन्दिर मात्र नभई सरकारले चर्च पनि निर्माण गरिरहेको बताए ।
जातिय छुवाछुतको अन्त्य हुँदै गएको जानकारी दिदै राज्यले निर्माण गरेको धार्मिक संरचनाको संरक्षण सम्बर्द्धन गर्ने जिम्मा अब केन्द्र सरकारले स्थानिय सरकारकाे मातहदमा दिएर आफ्नाे स्थानिय तहमा निर्मित सबै धर्मावलम्बीको धार्मिक सम्रचना र सम्पतिकाे रक्षा अब स्थानिय सरकारमा निहित रहनु पर्ने महासंघका उपाध्यक्षमा तथा बागमती प्रदेश प्रमुख माेमलाल दाेङले बताएका थिए।

पञ्चायती व्यवस्थामा अन्य धर्म मानेकै कारण जेल
बिताउनुपर्ने अवस्था थियो भने अहिले त्यस्तो अवस्थामा निर्मुलता नआएपनि हद सम्म अल्पसंख्यक धार्मिक समुदायहरुलाई सहज रहेकाे भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल मकवानपुर जिल्ला अध्यक्ष नवराज घलान धर्मको नाममा भ्रम फैलाउनु गलत भएको जानकारी दिए । मानिसमा करुणाको भाव हुन जरुरी रहेको औंल्याउदै करुणा भावले मानिसममा हिंसा र राक्षसी व्यवहारलाई निरुत्साहित गर्ने उनको भनाई थियाे ।

राजाकाे साशनकाल पञ्चायती व्यवस्थाको बेला ख्रिष्टियन धर्म मानेकै कारण जेल जीवन बिताएका अग्रज ख्रीष्टियनहरुलाई सम्मान समेत गरिएकाे थियाे । जसमा रणबहादुर पाख्रिन, तीर्थलाल थिङ ,सुकुमाया पाख्रिन ,मिलन थिङ, छलिमाया सिन्तान, आशाकुमारी पाख्रिन दोङ, जगत दोङ, जंगबहादुर ब्लोन, सूर्यबहादुर प्रजा,मंगले पाख्रिनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यस्तै, मिलन दोङ, प्रेमलाल थिङ, विष्णुराम प्रजा,बुद्धिमान दोङ,पंचबहादुर सिंतान, ब्रम्हा बहादुर ब्लोन,सन्चबहादुर सिन्तान, कुमार सिं स्याङ्तान,गजबहादुर स्याङ्तान, धनबहादुर थिङ,रणबहादुर थिङलाई पनि सम्मान गरिएको
थियाे ।

राज्यकाे केन्द्र सरकारले अल्पसंख्यक धार्मिक समुदायहरु मध्य पनि ख्रीष्टियनहरुलाई हेला गरेकाे बताउँदै हेटाैँडा उपमहानगर प्रमुख मीना कुमारी लामाले यहि देशकाे नागरिक भएर, यहि देशलाई कर तिरेर यहि समाजमा रहेका आफ्नै नागरिकहरुलाई धर्मका नाममा विभेद गरिनु राम्राे नदेखिएकाेले अब देशै भर रहेका ख्रीष्टियन समुदायहरुका लागि संघीय सरकार र स्थमनिय सरकारकाे समन्वयमा समाधिस्थलकाे व्यवस्था गर्नु पर्ने धारणा राखेकि थिईन।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति
भरत पराजुली लागयतको उपस्थिति रहेको थियो ।

