कृष्ण कुँवर (कर्नेलियस)। पर्वत फलेवास नगरपालिका २ थापाठाना (घैयार) का घनश्याम छेत्री तीनबर्ष अघी यूएई पुगेका थिए तर बिगत ८ महिनादेखी परिवारको संपर्कमा नआएका घनश्याम आज सम्पर्कमा आएका छन्।
घनश्याम क्षेत्रीको बारे जियोग्राफी न्यूज नेटवर्क द्वारा सञ्चालित सूचना चौतारी अनलाईनले घनश्यामको खबर प्रकाशित गरेको थियो।पर्बत समाज यूएई र सूचना चौतारी अनलाइनका यूएई समाचार दाताले घनश्यामको खोजीकार्य गरेका थिए।
परिवारकाे सपना पूरा गर्न यूएई पुगेका घनश्याम आठ महिनादेखि सम्पर्क विहिन,खाेजिदिन परिवारकाे आग्रह
यूएईको सफाई कम्पनी अल तान्मिया (AL TANMYAH SERVICES L.L.C.) मा पुगेका घनश्याम संपर्कमा नआउंदा घनश्यामका बुबा कृष्ण प्रसाद भुषालका निकट मदनजंग कुँवरले सबै परिवार चिन्तित भएको बताएका थिए।
घनश्यामकी पत्नी शोभा क्षेत्रीले २०७८-११-२८ मा यूएई गएको तर ८ महिनादेखि आफ्नो श्रीमान संपर्कमा नआएको भन्दै खोजिदीन यूएईमा रहेको नेपाली दूतावास अबुधाबी, पर्वत समाज यूएई, नेपाली संघ-संस्था हरु, समाजसेवी, मानव अधिकारकर्मी, बुद्धिजीवी र यूएईका सम्पूर्ण नेपाली हरुलाई आग्रह गरेकी थीईन।
पर्वत समाज युएईका अध्यक्ष तिलक सापकोटा, उपाध्यक्ष पुर्ण भुषाल, महासचिव जगदीश शर्मा, कोषाध्यक्ष बिनोद पौडेलले घनश्यामलाई प्रत्येक्ष भेटेर उनको अवस्थाको बारेमा जानकारी लिएका थिए।
घनश्यामको युएईमा बस्न यहि १२ डिसेम्बर सम्म मात्र मिल्ने भएकोले त्यहां भन्दा पहिलानै उनलाई नेपाल पठाउनुपर्ने अवस्था रहेको पर्वत समाजले बताएको छ।
घनश्यामको विषयमा बुधवार कम्पनिको मालिकसङ्ग कुरागरि एकदुई दिनमा नै मेडिकल गरेर (Fit to Fly) उडान गर्न तयार कागजपत्र बनाएर टिकट लीई १२ तारिख भित्र नेपाल पठाउने बताऊंदै पर्वत समाज युएईले सबैसंग नैतिक सहयोगको अपेक्षा राखेको समाजका अध्यक्ष तिलक सापकोटाले बताएका छन्।
