कृष्ण कुँवर(कर्नेलियस) अबुधाबी। यू.ए.ई. को राजधानी अबुधाबीमा रहेको नेपाली नबजागृति मण्डलीमा प्रवाशी नेपाली ख्रीष्टियन् आराधाना (Napalese Overses Christian Fellowship)सम्पन्न भएको छ।
डीसम्बर २ तारिक् (मंसिर १७) शनिवारको दीन् बिहान १० बजेदेखी यू.ए.ई. को राजधानी अबुधाबिमा रहेको नबजागृती मण्डली, सारजाहामा रहेको अशल् गोठालो मण्डली, दुबईमा रहेको नयाँ शुरुवात् मण्डलीले संयुक्त रुपमा २०औं आराधाना उत्सब् मनाएका हुन्। बर्षेनी ख्रीष्टमस् -को समय पारेर गरिने सो कार्यक्रम यो बर्ष भनें यू.ए.ई. को राष्ट्रिय दिवसको बिदाको दिन् पारेर गरिएको थियो।
आराधानासभा हल् केहि पाहुनाहरु लगाएत तीनसयजना बढी बिश्वाशीहरुले भरिएको थियो। कार्यक्रमका मुख्य वक्ता नबजागृति मण्डलीका पास्टर सोम के.सी. र अशल गोठालो मण्डली सार्जाहाका पास्टर- नेत्र बोहोरा रहेका थिए।
“उठिहेर आकाशैमा, नयाँ तारा उदाएको
सुनिहेर बतासैले, सु-सन्देश ल्याएको”
सु-संदेश गीतसंगै शुरुआत भएको उत्सवको अगुवाई डिकन राज पुनको र आराधाना अगुवाई संतोष सुब्बाको रहेको थीयो। पहिलो चरणमा पास्टर सोम के.सी. बाट सु-समाचारलाई प्रार्थमिकता दीई प्रचार गरिएको थियो।
युहन्ना ३:१६-” परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
पवित्र धर्मशास्त्र बाईबलबाट यही खण्डलाई प्रकाश पार्दै पास्टर के.सी.ले हरेक मानिसहरु पापबाट छुटकारा पाउने प्रयासमा छन्। मानिसहरुले नित्य धार्मिक कार्यहरु गर्नुको कारण परमेश्वरलाई प्रसन्न तुल्याउनलाई नै हो। तर मानसिले परमेश्वरलाई कामद्वारा प्रसन्न तुल्याउन सकेनन्। क्रूसको बलिदानमा बगाएको रगतद्वारा येशुले परमेश्वरलाई प्रसन्न तुल्याउनुभयो। अब हामी येशू द्वारा परमेश्वरलाई प्रसन्न तुल्याउन सक्छौं।
इसाई विश्वाश अनुसार परमेश्वरलाई प्रसन्न तुल्याई पापबाट मुक्ति र उद्धार पाई अन्नत जीवन पाउनलाई येशूको बलिदानको विश्वाश द्वारा मात्र संभव भएको पास्टर सोमको भनाई थियो।
मानिसको अशल ह्रदयबाट खराब कुरा आउंदैन। संसारमा धेरै पापको कारण दुष्टता बढेको र दुष्टताबाट आउने दण्डबाट बचाऊन परमेश्वरले आफ्नो पुत्र येशू संसारमा बलिदानको लागी पठाउनु भएको बताऊंदै सबै भ्रष्ट मानिसहरुले आफ्नो चाल सुधार्न आवश्यक रहेको, पश्चाताप गरी परमेश्वरमा फर्कन आवश्यक भएको पास्टरको भनाई रहेको थियो।
मानिस आफैले आफैलाई बचाउन सक्दैन। खाडलमा परेको व्यक्तिलाई निकाल्नलाई दोस्रो व्यक्तिको आवश्यक्ता परेजस्तै हामिलाई पापको खाडलबाट उद्धारगर्न मुक्तिदाताको आवश्यकता थियो, त्यो उद्धारकर्ता, मुक्तिदाता येशूख्रीष्ट हुनुहुन्छ, जसलाई परमेश्वरले प्रेम गरेर हामी पापी मानिसको बिचमा पठाउनुभयो।
येशुले आफ्नो बलिदानको रगतद्वारा हाम्रो हरेक पाप अधर्महरु क्षमा गर्नुभयो, त्यो बलिदानमा विश्वाश गर्नेहरुले पाप र त्यस्को परिणाम नरकको दण्डको खतराबाट छुटकारा पाए।
संसारको न्याय हुन्छ। हरेक अधर्मको लेखा हामिले परमेश्वरलाई दिनैपर्छ तर तपाईंलाई आज ख्रीष्टमा विश्वाश गर्ने मौका छ, परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ। तपाईंलाई मुक्ति उद्धार अनन्तजीवन दिन चाहानुहुन्छ। ख्रीष्टलाई पाएकाहरु मरेतापनी जीवित हुनेछन्।
-दोस्रो चरणमा असल गोठालो मण्डली सार्जाहले
“पापमा मरेको मानिसलाई
एउटा बलिदानको खांचो थियो”
भन्ने स्वागत गीत संगै ख्रीष्ट तामांगले संचालन गरेको कार्यक्रममा माया मगरको आराधानामा अगुवाई र पास्टर नेत्र बोहराको बचन रहेको थियो।
बोहोराले होशे ६:१आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। बचनलाई प्रकाश पारेका थिए।
पवित्र मानिसहरु पवित्र नै रहनुपर्ने र पापले व्याकुल बनाएका मानिसहरु परमेश्वरमा फर्कनपर्ने बताऊंदै, हराएको छोराको दृष्टांतलाई सम्झना गराऊंदै एउटा बुबाले सम्पत्ति बोकेर गएको छोरालाई सबै सकेर घर फर्किदा पनी स्विकार गरेजस्तै, हामी पापी भएपनी परमेश्वरका सन्तान भएकोले परमेश्वरले स्विकार गर्नुहुन्छ त्यसैले सबै पापी मानिसहरु परमेश्वरमा फर्कनपर्ने पास्टर नेत्रको भनाई थियो। भोली मौका नआऊन सक्छ,आजनै परमेश्वरमा फर्केर अनन्त जीवन पाउने प्रयत्न गरौं।
एन.ओ.सी.एफ.का अध्यक्ष पास्टर गोपाल पुलामिद्वारा एन. ओ.सी.एफ.को इतिहास, उद्देश्य, योजना बताईएको थियो भनें सन्डे स्कूलका बालबालिका जोएल, एस्तर ,सिद्धांत ग्रुपको बचनकण्ठ र नृत्य, जेम्स गुरूंगको कबिता, जिसा गजमेरको नाच, कोरियन पास्टर पीटरको चेलापनको उपाय र अन्तिम नृत्य सहित आराधाना उत्सव बेलुका ५ बजे समापन भएको थियो।
