Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मैले हाकिमहरुको जिब्रो थुत्नुपर्छ भनेको, सनासोले जिब्रो नै तानेकोजस्तो भयोः मन्त्री गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 1, 2024
6 shares

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले पोखरामा बोलेको कुरालाई गलत मनशायका साथ प्रचार–प्रचार गरिएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले बिम्बात्मक रुपमा सरकारको नुन खाएर सरकारविरुद्ध काम गर्ने हाकिमहरुको जिब्रो थुत्नुपर्ने भनेको बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै मन्त्री गुरुङले आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो रु म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

सञ्चारमन्त्री गुरुङको उक्त अभिव्यक्ति चौतर्फ आलोचना भएको थियो । आफूले पोखरामा दिएको उक्त अभिव्यक्तिबारे प्रष्ट पार्दै उनले भने, ‘म पहिलो चोटी जाँदाखेरी पोखरामा प्रेस मिट भएको थियो । वाइ द वे एउटा पत्रकारले सोध्यो, ‘यो संघीयताको लागि तपाई पोखरामा बसेर लडेको मान्छे, अहिले संघीय सरकारमा हुनुहुन्छ । संघीयता कार्यान्वयनका लागि बारम्बार उठ्ने गरेको दुई वटा प्रश्न छ । निजामति ऐन र प्रहरी ऐन किन नल्याएको ?’ भनेर प्रश्न गरेको थियो । मैले म, प्रधानमन्त्री र सरकारमा रहेका अरु मन्त्रीहरुको पनि त्यहाँ कमजोरी छ । यसको अतिरिक्त प्रहरीका ठूला–ठूला हाकिमहरुले यो राष्ट्रिय सुरक्षाको कुरा हुन्छ । हामी यो प्रहरीलाई प्रदेश–प्रदेशमा कहाँ बाँड्न सक्छौं ? यो हामी कार्यन्वयन गर्न सक्दैनौं भनेर उहाँले एउटा सेमिनारमा भनेको मैले सुनेको थिएँ । सरकारको नुनपानी खाएर सरकारले ल्याउन चाहेको व्यवस्थाको विरुद्धमा कसैले बोल्न पाउँछ ? बोल्न हुँदैन थियो, बोले । मैले बिम्बात्मक शब्दको प्रयोग गरेको थिएँ । संविधान, सरकार र व्यवस्थाको विरुद्धमा बोल्न हुँदैन थियो । मैले बिम्बात्मक शब्द प्रयोग गरेको है । त्यस्ता हाकिमहरुको जिब्रो थुत्नुपर्छ भन्दिएँ मैले । त्यो त यति भाइरल भयो कि मानौं पृथ्वीसुब्बा गुरुङले सनासोले जिब्रो नै तानेजस्तो कुरा गरेको रुपमा रुपान्तरित भयो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved