Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज विश्व रक्तदाता दिवस: ब्लड फर लाइफले विशेष कार्यक्रम गरी यसरी मनाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
[webverse_shares]

शिवम मिश्रा

विराटनगर: आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्ष विश्व रक्तदान दिवस “सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ” भन्ने नाराका साथ मनाइँदैछ ।

यसै अवसरमा कोरोनाको विषम परिस्थितिका बाबजुद पनि विराटनगरमा रगत व्यवस्थापनका निमित्त ६ जना युवाको समूहले सुरु गरेको ब्लड फर लाइफ नामक संस्थाले पनि रक्तदान गरि जीवन बचाउन महत्त्वपूर्ण भुमिका खेल्ने जीवन रक्षक रक्तदाताहरुको सम्मान साथै हौसला बढाउनका निम्ति संस्थाका सम्पुर्ण व्यक्ति लगायत देशैभरीका युवाहरुलाइ आव्हान गरि घरैबाट दिप प्रज्वलन गरि रक्तदाता दिवस मनाइएको छ ।

पछिल्लो समय दैनिकि ५ देखि १० वटा सम्म रगतको व्यवस्थापनमा जुटिरहेको यस संस्थाले डेढ महिना मै १ सय भन्दा बढि डोनेसन कार्य सम्पन्न गरिसकेको संस्थाले जनाएको छ । अहिले यो समूहले अन्य ५ युवाहरुलाई संस्थामा सदस्यता दिदै दैनिक रुपमा विराटनगरका हरेक हस्पिटलमा हुने रगत अभावमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।

रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरेको संस्थापक सदस्य अबिशेक गौतमले जानकारी समेत दिए । ब्लड फर लाइफ परिवारले यस दिवसको अवसरमा जो जहाँ छ त्यही बाट रक्तदान गरि जीवन बचाउने महान कार्य रक्तदानमा लाग्न अपिल समेत गरेको छ ।

हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड गुप्र) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नया रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने चिकित्सकको भनाइ छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ । दैनिक २ सय ५० युनिट रगतको आवश्यकता पर्ने केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved