दिलु नेपाल,नारायणगढ। मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३- ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।
चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
