Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्ट्रा नेशनल फाउण्डेसनद्वारा भुटानी शरणार्थी शिविरमा जीवन निर्वाह भत्ता वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2024
15 shares

झापा । झापाको दमक नगरपालिका वडा नं ३ मा रहेको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, अशक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाे टिमले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी लगाएतकाे टिमलाई  शरणार्थी शिविर क्याम्प गेटबाटै चुलाचुली माध्यमिक बिधालयका विद्यार्थीहरुले फुल , माला र बाजागाजा सहित भब्य स्वागत गरेका थिए ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका २ सय ५१  र पथरी शिविरका ५६ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि शुक्रबार रकम वितरण गरीएको थियो । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएका छन् ।

शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका नागरिकहरु लाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगत २०१९ देखि निरन्तर चलिरहेको छ । पुर्नर्बास  कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको इन्ट्रा नेसनल फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो ।

दमक नगरपालिका वडा नं. ३ मा रहेको बेलडाँगी र मोरङको पथरी स्थित शरणार्थी शिविर यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपाली भाषी बसोबास गर्दछन् । शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । इन्ट्रा फाउन्डेसनले भुटानी शरणार्थी प्रभावित मोरङको पथ्रीशनिश्चरे र दमक नगरपालिकालाई एक/एक वटा एम्बुलेन्स पनि प्रदान गरेको छ । भुटानी शरणार्थीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको सो फाउन्डेसनले पथ्रीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा एक कार्यक्रमको आयोजना  गरि  एम्बुलेन्स प्रदान गरिको थियो ।

त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २७ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ भने अहिले अङ्ग्रेजी माध्यमबाट पढाई  भइ रहेको छ । शिक्षक र शिक्षिकाको सम्पुर्ण  तलब  शुल्क इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले दिदै  आएको इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका शिक्षक टि आर कालिकोटेले बताउनुभयो ।

फाउण्डेसनको सहयोगमा पथ्री शिविरमा स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समिति सँगको परामर्श पनि भएको थियो तर कुनै एक संस्थाले सहयोग गर्ने उदेश्यले भाजि हालेर उक्त्त काम रोकिरहेको र  सहयोग गर्ने उदेश्य भए कुनै अर्को शीर्षकमा सहयोग गर्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले  बताउनुभयो । भुतपुर्व क्याम्प ब्यबस्थापन समितिको सचिव टि.बि राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने राम बानियाँले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका महासचिव गेापाल धिताल , ससस्त्र प्रहरी बल नेपाल भुटानी सरणार्थी सुरक्षा बेस बेलडाँगीका बरिस्ठ सहि इन्द्र कोइराला, नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका एगजिटेटिप मेम्बर एल. बि तिवारी लगायत टिमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved