चितवन। चितवन ख्रीष्टियन संघकाे आयोजनामा मंसिर ५/६ गत्ते आयोजित दुइदिने प्रि-ख्रीष्टमस तथा जागृति सभा सम्पन्न भएकोछ।
रत्ननगर नगरपालिका वडा नम्बर ७ चित्रसारी पुल नजिक खुल्ला मैदानमा भएको उक्त कार्यक्रममा भारतिय प्रोफेट बजेन्द्रसिंहले रोगि बिरामिहरुलाई प्रार्थना मार्फत चङ्गाई गरेका थिए भने नेपाल र नेपालिका निम्ति प्रार्थना गरेका थिए।
नेपालका सतहत्तरै जिल्लाहरुबाट प्रोफेट बजेन्द्रसिंहबाट उनका समर्थकहरु सहभागी थिए भने भारतकोविभिन्न प्रान्तबाट समेत मानिसहरु सहभागी थिए।
आयोजक टिमले उक्त कार्यक्रममा १५ देखि २० हजारको हाराहारीमा मानिसहरुको उपस्थिति आकल गरेका थिए तर कार्यक्रममा अथाह मानिसहरुको भिड बढेको र साँझ ५ बजे सम्म कार्यक्रम गर्दा उपस्थित मानिसहरुलाई बेवस्थापन गर्न समस्या हुने भएकोले प्रशासन सगकाे सहकार्यमा दिउँसो २ बजेनै कार्यक्रम समापन गरेका थिए भने प्रार्थनाको कार्यक्रम भने तोकिएको समय सम्मै गरिएको सञ्याेजक हरि कुमार खातिले बताए।
कार्यक्रममा एकलाख भन्दा बढी मानिसहरुको अथाह भिड भएपछि आयोजकले स्थानिय जिल्ला प्रशासन सँग समन्वय गरेर समय छँदै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा भारतिय प्रोफेट बजेन्द्रससंह, भरतपुर महानगर प्रमुख रेणु दाहाल साथै विभिन्न क्षेत्रका बिशिस्ट ब्यक्तिहरु र पास्टरहरुकाे उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय सञ्याेजक कमल उपरकाेटिले जानकारी दिएका छन्।


