By Dikendra
झापा । सामाजिक रूपान्तरणका लागि सक्रिय संस्था ‘पहिलो पाइला नेपाल’ को गौरादह शाखा आज (आइतबार) पहिलो कार्यसमिति गठन गर्दै औपचारिक रूपमा स्थापना भएको छ। कार्यक्रम गौरादह ७ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सह-कोषाध्यक्ष दिवस खतिवडाको प्रमुख आतिथ्यतासहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। दमक शाखाका अध्यक्ष राजु निरौला, उपाध्यक्ष लवराज खड्का, सामाजिक व्यक्तित्व भरत निरौला, र पत्रकार सुजन गौतम लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको क्रममा भुपेन्द्र निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। शाखाका नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षद्वय निशा पौडेल (दाहाल) र बाबुराम अधिकारी, सचिवमा सन्दीप पौडेल, सहसचिव लीला खत्री, कोषाध्यक्ष सुस्मिता भुजेल तथा सहकोषाध्यक्षमा सञ्चारकर्मी एलिजा भेट्वाल चयन भएका छन।
यस्तै सदस्यहरूमा पुजा खड्का, भुवन कटुवाल, रिना दुलाल, लीला अधिकारी, लोकनाथ रेग्मी, पुनम पौडेल, निश्चिता कटुवाल, र यमुना खत्रीरहेको नवनिर्वाचित सचिव सन्दीप पौडेलले बताए ।
संस्थाको औपचारिक स्थापना पछि यसले गौरादह क्षेत्रमा सामाजिक कार्यमा नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरिएको छ। संस्थाले विशेष गरी युवा सशक्तीकरण, शिक्षा, र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने लक्ष्य लिएको छ।
