मोरङ- बेलबारि। मोरङ को बेलबारी नगरपालिका स्थित रहेको पिसमेकर बेलबारी नगर ख्रीष्टीयन समाज को प्रथम ऐतिहासिक साधरण सभा तथा नव निर्वाचित कार्यसमिति घोषणा कार्यक्रम सु सम्पन्न भएको छ। डिकन हिमांशु राय को अध्यक्षतामा १७ सदस्य समाजको मुल समिति चयन भएको हो।
यसै गरि विधान अनुरुप उप समितिहरुमा आनन्द राई को अध्यक्षतामा १५ सदस्य युवा तथा जवान समिति, दिल कुमारी तामाङ को अध्यक्षतामा १५ सदस्य आमा तथा दिदीवहिनी समिति समेत चयन भएको छ।
२७ नम्वर कोरस गाएर रेभरेण्ड पुर्ण थापा मगर ज्युको शुरुको प्रार्थना साथै दिप प्रज्वलन बाट पाष्टर हर्क बहादुर राईको अध्यक्षता र आशिष् नाछिरिङ को सञ्चालनमा शुरुभएको साधरण सभाको उदघाटन खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष सालिग्राम बस्नेत, वाहुनी मण्डलीका सिनियर पाष्टर रेभरेण्ड शम्भु चौधरी, अनुग्रह चर्च बाट पाष्टर मञ्जु राय, वरदान चर्चका पाष्टर अशोक तामाङ्, एल्डर तितस लिम्वु , एल्डर छेप्टु खवास,पाष्टर पाङवाङ कोन्याक,एल्डर हिरालाल चौधरी,डिकन ईश्वर कुमार धिमाल,प्रमिला राई,दिल कुमारी तामाङ् ,राज कुमार राजवंशी लगायतको उपस्थिति भएको थियो।
समाजको विधानको परिच्छेद-७, अनुशार ३ सदस्य निर्वाचन मण्डलमा रेभरेण्ड पुर्ण थापा मगर,ज्ञान ब.लामा र धन कुमार राई ले आ आफ्नो भुमिका निर्वाह गर्नुभयो। बेलबारी नगर भित्रका विभिन्न चर्चहरु बाट आमन्त्रित १५० भन्दा बढि अतिथीहरुको उपस्थित रहेको कार्यक्रममा समाजलाई आफ्नो स्थापना कालदेखि आर्थिक,भौतिक ,नैतिक रुपमा साथ सहयोग गर्ने ९ जना अग्रज ब्याक्तिहरुलाई समाजले उहाँहरुको योगदानको उच्च कदर एवम् मुल्यांकन गरि दोसल्ला ओढाई स सम्मान,खदा,माला र प्रमाण पत्र सहित सम्मान गरेको छ।
स्थानिय सरकार दर्ता कायम रहेको यस समाजले विगत लामो समय २०७० साल देखि मुख्यत बेलबारी नगरपालिका र आसपासका क्षेत्रलाई आफ्नो क्याचमेन क्षेत्र बनाएर नेपाली ख्रीष्टीयन समुदाय र मण्डलीहरुको हकहितको लागि आफ्ना आवाजहरुलाई बुलन्द गर्दै विभिन्न समाजिक रचनात्मक र सकरात्मक गतिविधिहरु संचालन गर्दै आईरहेको छ। एकता,सदभाव कायम राखी आत्मिकी तथा भौतिक सामाजिक परोपकारी कार्यलाई मुख्यलक्ष्य बनाई शान्तिको बाटोमा सदैव अघि बढिरहने समाजको मुल लक्ष्य र उदेश्य रहेको छ।
