Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाललाई कमजोर बनाउन विदेशीले लादेको एजेण्डालाई कानुनी मान्यता दिनबाट रोक्नुपर्छ : डा. सुन्दर थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2024
[webverse_shares]
काठमाडौं । नेपालमा समलिङ्गी विवाहलाई मान्यता दिनु सामाजिक, सांस्कृतिक एकतालाई भत्काउने विदेशीको षड्यन्त्र भएको सरोकारवालाहरुले बताएका छन् ।

बुधबार काठमाडौंको संवाद डबलीमा ‘नागरिक सरोकार नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले सर्बोच्च अदालत विदेशीको प्रभावमा परेर समलिङ्गी विवाहलाई मान्यता दिएको आरोपसमेत लगाए ।

बक्ताहरले नवनिर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी सम्बन्धको विरोधी भएको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विवाह गरे मृत्युदण्ड दिँदासमेत नेपालमा किन भन्ने प्रश्न पनि गरेका छन् ।

आशिष् चर्च रानिबारिका बरिस्ठ पास्टर तथा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका संस्थापक अध्यक्ष  डा.सुन्दर थापाले नेपाललाई कमजोर बनाउन विदेशीले लादेको एजेण्डालाई कानुनी मान्यता दिनबाट रोक्न ब्यापक जनदबाब रहेको बताए । थापाले आफूहरु समलिङ्गी नागरिकहरुप्रति नकारात्मक नभएको तर प्राकृतिक, सामाजिक, संस्कृतिक, धार्मीक र मौलिकतालाई विखण्डन गर्ने योजनामा आएको विदेशी षड्यन्त्रको विरोधमा रहेको स्पष्ट पारे ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा.केबी रोकायाले नेपालमा सर्बोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेशकै भरमा समलिङ्गी विवाह दर्ता हुनु दूर्भाग्य भएको बताए । रोकायाले देशलालाई दीर्घकालीन् असर पार्ने मुद्धामा सर्बोच्चको एकल इजलासको आदेशमाथि आसंका गर्ने ठाउँ भएको बताउँदै भने,“जिल्ला र उच्चले कानुन नभएको भन्दै इन्कार गरेको विषयमा सरकारलाई कुन शक्तिले त्यसलाई कार्यान्वयन गर्न विवष पार्यो ?”

“रुसमा समलिङ्गी विवाह गरिए मृत्यूदण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह बिरोधी कानुन पास गरेपछि अमेरिकाले आर्थिक नाकाबन्दी लगायो, यूरोपियन यूनियनले सम्पूर्ण सयहयोग र बिश्व बैंकले ऋण बन्द गरे, अब भन्नुस यो एजेण्डा कसको हो” रोकायाले भने । उनले नेपालमा विदेशीहरुले जबर्जजस्त लादेको बताउँदै संसारमा २१० वटा राष्ट्रहरुमध्ये ३५ वटा देशहरुमा मात्रै यस किसिमको विवाहलाई मान्यता दिइएको र नेपाल एसियामै पहिलो राष्ट्र भएकोप्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।

नेकपा (एमाले)का युवा नेता प्रकाश रोकायाले सदियौंदेखि नेपाल र नेपालीबीच भाँजो हालेर देशलाई विखण्डन तथा कमजोर गर्ने योजना सफल नभएपछि अहिले समलिङ्गी सम्बन्धको षड्यन्त्रकारी विदेशी योजना भएको आरोप लगाए । उनले नेपालका मुख्य राजनीतिक दलहरुको यस सम्बन्धमा आधिकारिक धारणा आउनुपर्ने मागसमेत राखे ।

आयोजक नागरिक सरोकार नेपालका कार्यकारी निदेर्शक डा.जोमेश वडले नेपालमा पछिल्लो समय समलिङ्गी विवाह, भू्रण हत्या तथा लिङ्ग परिवर्तन जस्ता भयावह विकृतिहरु मौलाएकोमा चिन्ता व्यक्त गरे । वडले वर्षेनी ९० हजार भ्रुण हत्या हुने गरेको बताउँदै भने,“भ्रुण हत्या छाँदैछ अब लिङ्ग परिवर्तन अनि समलिङ्गी विवाहले नेपालको जनसंख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डालाई कुनै पनि हालतमा खारेज गर्नु पर्छ ।”

नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले नेपालको मौलिकता मासेर विदेशी एजेण्डालाई आङ्गाल्नेहरुलाई पहिचान गरेर सार्वजनिक गर्नुपर्ने बताए । अधिकारीले देशमा आवश्यक र जनपक्षिय कामभन्दा विदशीहरुको योजनाको भण्डाफोर गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved