Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचान आन्दोलनमा ब्राह्मणवादी धङधङीको अंस: अध्यक्ष दलमर्दन कामी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2024
81 shares

मधेस बिद्रोहले,संघीयता र धर्मनिरपेक्षता स्थापित भयो ।, प्रदेश १ मा चलिरहेको र देशैभर चलिरहेको पहिचानवादी आन्दोलनमा सम्पूर्ण उत्पीडितहरुको केन्द्रीकृत एक्यवद्ध आन्दोलन हुनेहोभने नेपालमा एकल नस्लिय एकलअन्धा जातिवादी शासन सत्ताको अन्त्य गरि पहिचान विभेद मुक्त समतामूलक सभ्य समाज निर्माण गर्न सकिन्छ ।

सत्तासीन पहाडीय अहंकारले मधेसीमाथि गरेको अन्याय अत्याचारले मधेस बिद्रोह गर्‍यो जस कारण मधेसमा
सत्तासीन पहाडीय अहंकारको एकहद अन्त्य भएको हामीले हेर्न सक्छौं जसको अनुभुती मधेसी जनताले गरिरहेका छ्न ।

सो आन्दोलन बेला नस्लिय एकल ब्राह्मणवादी चिन्तनले ग्रसित अहंकारी सत्तासीन पहाडीयहरु भन्ने गर्थे छिमेकी मुलुक भारतले उचालेर आन्दोलन गरेका हुन भनेर ठुलो हावा पिटेर आन्दोलनलाई निस्तेज बनाउन खोजेका थिए ।, तर आन्दोलन उत्कर्समा पुग्यो शो आन्दोलन द्वारा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता आउन महत्त्वपूर्ण भुमिका रहेको छ ।

अहिले प्रदेश १ मा नामको विषयमा संबिधान प्रद पहिचानको आन्दोलन सशक्त भइरहेछ्न भने देशैभर पहिचानको आन्दोलन भुस झैँ सल्किरहेको छ । पटकपटक भनेका छ्न पहिचान आन्दोलनलाइ नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले पहिचानको शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलन कर्मिलाइ आतंककारीको संज्ञा दिएका थिए । अहिले उनी प्रधानमन्त्री छ्न उनले अहिले पहिचान आन्दोलनलाई के भन्छन् सुन्न बाकी छ।

बर्षा झरी दशै तिहार जस्ता अबसर र अबस्थाले अलि सुस्ताए जस्तो भएको पहिचान आन्दोलन मंसिर २ गते बाट पुन सशक्त हुने भएको छ यसबेला पहिचान वादी शक्ति सहित सम्पूर्ण उत्पीडित दलित बनाइएका शिल्पी समुदाय उत्पीडित बाहुन- क्षेत्री लगायतका सम्पुर्ण शक्ति एकाकार भएर यो आन्दोलन लाई अझै थप सशक्त बनाएर लाग्नु जरुरी छ । ,

पहिचानवादी आन्दोलनले पनि ठुलो छाती पारेर सबै उत्पीडित हरुको मुद्दा लाई समेट्न र सहकार्य गरेर एकल नस्लवादी राज्यसत्ता संग जुध्नु एकताबद्द आन्दोलनमा सामुहिक नेतृत्वमा सबैको अपनत्व हुने सबै उत्पीडितले अपनत्व बोध गर्नसक्ने बाताबरण तय गर्नैपर्छ। म आफै पनि यो आन्दोलन संग मैले राजनीति सुरुवात गर्दा देखि निरन्तर छु यसर्थ मैले भन्नै पर्छ पहिचानको आन्दोलन भित्रका नेतृत्वमा पनि ब्राह्मणवादी धङधङीको अंस लुकेको कतैकतै पाइन्छ त्यो अन्त्य हुनुजरुरी छ ।

सबैको पहिचान समान हुनुपर्छ जात धर्म भूगोल संस्कृतिका हिसाबले कोहि कसैलाई अन्याय र विभेद हुनुहुन्न अबको आन्दोलन पहिचान अस्तित्व र समान अवसरकै हो यसलाई समग्रमा पहिचानवादी आन्दोलन भन्दा फरक पर्दैन ।, जुन आन्दोलनले देशमा एकल नस्लवादी शासनको अन्त्य गरेर सबैको पहिचान समान र पुर्ण समानुपातिक समावेशीको ग्यारेन्टी गरि विभेद मुक्त , समतामूलक सभ्य समाजको निर्माण गर्न सक्ने छ । जसरी मधेस बिद्रोहले,संघीयता र धर्मनिरपेक्षता देशमा स्थापित भयो ।, प्रदेश १ मा पहिचानवादी आन्दोलनले नेपालमा एकल नस्लवादी शासन सत्ताको अन्त्य गरि विभेद रहित समतामूलक सभ्य समाज निर्माण गर्न सकिन्छ ।

दल मर्दन कामी आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved