काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि
पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा
पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार
कारागार चलान भएका छन् ।
आज (मंगलबार) राजधानीको सानोभऱ्याङबाट
पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो
(सीआईबी) ले फैसला कार्यान्वयनका लागि
काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको
हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च
अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको
फैसला मिलेको भन्दै सदर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा
५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले
पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।
मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा
गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा
बस्नुपर्ने बताइएको छ ।
उनले मन्त्री पद छाडेको दुई महिनामै कारागार पुगेका छन् । गत भदौ १७ गते उनले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी
राजीनामा दिएका थिए ।
