काठमाडौं । रुपन्देही लैजाने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एकाबिहानी पोखरा अन्तरराष्ट्रिय विमानस्थल पुर्याएको छ।
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई रुपन्देही लैजाने क्रममा कास्की प्रहरीले लामिछानेलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थल पुर्याएको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले अहिले कडा सुरक्षाकाबीच पोखरा विमानस्थलमा राखेको छ। विहानै ७ बजेकाे फ्लाइटमा लामिछानेलाई रूपन्देही लैजान लागेपनि खराब मौसमका कारण जहाज भने उड्न सकेकाे छैन । आकाशमा बाक्लो हुस्सु लागेका कारण उनीहरु करीब एक घन्टादेखि विमानस्थलमा राेकिएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न त्यसतर्फ लगिएको हो।
