Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मानव तस्करिमन मुछिएका काेशी प्रदेश सांसद लिलाबल्लभलाइ कार्वाहि गर्न गृह मन्त्रीलाई सांसद खतिवडाले गराए ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2024
15 shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानविनको माग गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारीमाथि छानविनको लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकार्षण गराएका हुन् ।

नेकपा (एमाले) कोशी प्रदेशका प्रदेश सभा सदस्य अधिकारी मानव तस्करीमा मुछिएसँगै मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अधिकारीले मन्त्री पदबाट राजीनामा दिँदैमा उनलाई यो मुद्दाबाट उन्मुक्ति दिन नहुने नेता खतिवडाको माग छ । नेता खतिवडाले कोशीका निवर्तमान मन्त्री अधिकारीले पनि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरको पथ प्रदर्शन गरेको टिप्पणी गरे ।

‘हिजो हाम्रो उपसभामुखले जे गर्नुभएको थियो, अहिले प्रदेशका मन्त्रीहरुले त्यही गर्न थाले । यो एकदमै गलत हो । यो र उपसभामु्खको केही फरक छैन । अधिकारी पनि उपसभामुखकै पथ प्रदर्शक हुनुहुँदोरहेछ । उहाँले पनि त्यसैगरी आफैंले गर्नुभएछ । १० देखि १३ लाखसम्म पैसा संकलन गरेको भन्ने समाचारहरु आउने थालेका छन् । यसमा म नेपाल सरकारको गृहमन्त्रीज्यू पनि अत्यन्त बुझेको हुनुहुन्छ । उहाँले प्रदेशको मन्त्रीबाट राजीनामा दिएर सुख हुँदैन । यो पूर्ण छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ,’– नेता खतिवडाले भने ।

जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ। विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान छ। त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा गएको र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएको समाचार बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीसँगै जापान पुगेका ६ जना हाल प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved