Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज रातिदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2024
15 shares

काठमाडौ । क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारका काम गर्न लागेको हो ।

करिब पाँच महिनासम्म त्रिभुवन विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक १४ घण्टा मात्र सञ्चालन हुनेछ । अहिले विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म २१ घण्टा सञ्चालन हुँदै आएको छ । दैनिक सात घण्टा उडान आवर घटेपछि करिब २९ प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती हुने क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अन्तर्राष्ट्रियतर्फ दैनिक चार वा तीनवटा उडान गर्ने वायुसेवा कम्पनीको ५० प्रतिशत उडान कटौती भएका छन् । सातामा औसत ४१८ अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा मर्मत अवधिभर १२३ उडान कटौती भई २९५ उडान हुने क्यानको भनाइ छ ।

मर्मत अवधिभर विशेष सहुलियत दिएर भैरहवा र पोखरामा उडान सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आग्रह गरे पनि अहिलेसम्म थाई एयर एसिया, जजिरा र फ्लाई दुबईबाहेक अन्यले स्वीकार गरेका छैनन् । उडान कटौती हुने भएपछि अन्य विमान कम्पनीसँगै नेपाल एयरलाइन्सले पनि उडान तालिका फेरबदल गरेको छ ।

अहिलेसम्म काठमाडौं–नारिता उडान राति ११ः५० बजे हुने गरेकोमा अब ९:१५ बजे हुने भएको छ । नारिताबाट बिहान ११:२५ (स्थानीय समय)मा उड्ने जहाज अब ९:२५ मा उड्ने तालिका छ । काठमाडौं–दोहाको उडान राति ११ बजे हुँदै आएकोमा ९:३० बजे हुने गरी तालिका परिमार्जन गरिएको निगमले जनाएको छ । दोहाबाट काठमाडौंका लागि बिहान ३:२५ मा (स्थानीय समय) उड्ने जहाजले २ः२५ बजे नै उडान गर्ने भएको छ । त्यस्तै, काठमाडौं–दुबई उडान राति ११:१५ बजे हुने गरेकोमा अब ९:३५ मा हुनेछ । दुबईबाट काठमाडौंका लागि ४:१० (स्थानीय समय)मा उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved