Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुगल भट्टराईको अध्यक्षतामा सुकुना बहुमुखी क्याम्पस पूर्वविद्यार्थी समाजकाे विज्ञान शाखा समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2024
9 shares

हिमांशु राय,माेरङ। मोरङको सुन्दरहरैँचा- १२ स्थित सुकुना बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाजले विज्ञान शाखा समिति गठन भएको छ । आइतबार क्याम्पस सभाकक्षमा बि.एस्सी. उत्तीर्ण गरी उच्चशिक्षा अध्ययन गरिरहेका र विभिन्न सेवामा कार्यरत रहेका पूर्वविद्यार्थीहरूको भेलाले सुगल भट्टराईको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा यमुना बस्नेत, सचिवमा देवेन्द्र गिरी, सहसचिवमा एलिजा लम्साल, कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन्र । त्सयसैगरी सदस्यहरूमा सूर्य भट्टराई, प्रशान्त अधिकारी, प्रशान्त राई, रोजिना कार्की, प्रदीप निरौला र विराज बस्नेत रहेकाछन ।

उक्त समिति गठनमा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्याय र पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले सहजीकरण गरेका थिए ।

विएस्सी २०६९ ब्याजका पूर्वविद्यार्थी चन्द्रबहादुर धिमालको सभापतित्वमा भएको भेलामा बिएस्सीतर्फका पूर्वविद्यार्थीहरू क्रमशः यमुना बस्नेत, नवराज श्रेष्ठ, प्रशान्त अधिकारी, नविन फुँयल, राजु भट्टराई, देवेन्द्र गिरी, आशिष श्रेष्ठ र इपेन्द्र तामाङले बि. एस्सी. अध्ययनका अनुभव सुनाउँदै विज्ञानतर्फको पूर्वविद्यार्थी समाज शाखा समितिको आवश्यकतामा जोड दिएका थिए ।

त्यसैगरी भेलामा कम्प्युटर शिक्षक अतुल भट्टराई र विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्यायले पूर्वविद्यार्थीहरूले क्याम्पसलाई महत्त्वपूर्ण सुझाव, आर्थिक, भौतिक र नैतिक सहयोग गरेमा विज्ञान कार्यक्रमलाई थप टेवा पुग्ने धारणा राखेका थिए ।

क्याम्पसको पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले क्याम्पसमा पूर्वविद्यार्थीहरूको विज्ञान शाखा, व्यवस्थापन शाखा, शिक्षा शाखा, मानविकी शाखा, बिबिए शाखा र बिआईसिटिई शाखा समिति गठन गर्ने र ती सबै शाखाका संयोजकहरूलाई मूल समितिमा पदेन सदस्य हुने व्यवस्था गरेर पूर्वविद्यार्थीहरूको व्यापक नेटवर्किङ गरी समितिले क्याम्पसका लागि प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

भेलाका प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले भेलाको उद्घाटन गर्दै क्याम्पसका सबै गतिविधिहरूको प्रस्तुतीकरण गरी क्याम्पसका कार्यक्रमहरू पूर्ण सफल बनाउन पूर्वविद्यार्थीहरूलाई आब्हान गरेका थिए ।

कार्यक्रममा पूर्वविद्यार्थी समाजका उपाध्यक्ष भवानी पोखरेल, सहसचिव लाबन्यकुमार अधिकारी, सदस्य लोकप्रकाश भट्टराई लगायत विज्ञान सङ्कायका शिक्षकहरू र बिएस्सी तर्फका पूर्वविद्यार्थी एवम् बिएस्सीमा अध्ययनरत विद्यार्थी गरी १५० जनाभन्दा बढि विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिएस्सीका विद्यार्थीहरू क्रमश महम्मद जरक र रेखा रिजालले सुमधुर गित गाएर मनोरञ्जन गराएका थिए ।

उक्त कार्यक्रममा बिएस्सीका पूर्वविद्यार्थी एलिजा लम्सालले स्वागत गरेकी थिइनभने कार्यक्रमको सञ्चालन बिएस्सीका पूर्वविद्यार्थी दीवाकर न्यौपानेले गरेको जानकारी सहायक क्याम्पस प्रमुख दहालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved