Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोटरी क्लब अफ दमकद्वारा शिक्षक भद्रमान विश्वकर्मा सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2024
99 shares

डिकेन्द्र बस्नेत, झापा । रोटरी क्लब अफ दमकले शिक्षक भद्रमान विश्वकर्मालाई रोटरीको डिस्ट्रिक आधारभूत शिक्षा तथा साक्षरता अभियानमा सहयोग पुर्‍याए बापत एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ।

भद्रमान विश्वकर्मा पथरीशनिश्चरे वडा नं ४ खानेपानी संस्था सँगै रहेको कटेरोमा २०८० वैशाखदेखि स्थापना भएको महारानी ट्युसन सेन्टर सञ्चालन गर्दै आएका छन्। उनले ट्युसन सेन्टर मार्फत विद्यार्थीहरूलाई शैक्षिक, नैतिक, साथै दुर्व्यसन सम्बन्धी सचेतना शिक्षा निःशुल्क सेवाको कदर गर्दै रोटरी क्लब अफ दमकले भद्रमान विश्वकर्मालाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो।

रोटरी क्लब अफ दमकले सोही कार्यक्रममा महारानी ट्युसन सेन्टरका ३२ जना विद्यार्थीलाई करिब २५ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरेको छ। यी सामग्रीहरूमा कापी, कलम, खेलकुद सामग्री आदि समावेश थिए। यसका साथै, विद्यार्थीहरूलाई निरन्तर अध्ययन गर्न प्रोत्साहित गर्ने उद्देश्यले क्लबले उनीहरूलाई आवश्यक सबै प्रकारका शैक्षिक सामग्रीहरू उपलब्ध गराएको थियो।

कार्यक्रममा रोटरी डिस्ट्रिकका रिजनल ट्रेनिङ सह-अध्यक्ष दिपु सन्दिप चापागाईले रोटरीको “हेप्पी स्कूल” कार्यक्रमबारे चर्चा गर्दै यस कार्यक्रम अन्तर्गत सम्पूर्ण स्कुलमा लागु गर्नुपर्ने शिक्षा र साक्षरता अभियानको बारेमा प्रस्ट्याए। उहाँले “टिच” कार्यक्रम अन्तर्गत शिक्षक सहायता (TEAH – Teacher Support), इ-लाइब्रेरी, प्रौढ साक्षरता, बाल विकास, र हेप्पी स्कूलको अवधारणा सबै स्कुलहरूमा लागु हुनुपर्नेमा जोड दिनुभयो।

सो कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने थिए। उहाँले यस कार्यक्रमको महत्त्व बारे चर्चा गर्दै आफ्नो वडामा चाँडै नै एक जना शिक्षक नियुक्त गरिने घोषणा गर्नुभयो। साथै, उहाँले युवा जनप्रतिनिधिहरूको रूपमा आफ्नो क्षेत्रको विकासमा योगदान पुर्‍याउने र शिक्षामा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “हामी जस्ता युवा जनप्रतिनिधिहरूले देशमा पहिचान बनाउनका लागि शिक्षामा लगानी गर्नुपर्छ।”

कार्यक्रममा दमक रोटरी क्लबका अध्यक्ष बिक्रम शाह, कार्यक्रम संयोजक तथा रोटरीका कमिङ प्रेसिडेन्ट केशव अग्रवाल, रोटरी डिस्ट्रिकका रिजनल ट्रेनिङ सह-अध्यक्ष दिपु सन्दिप चापागाई, रोट्रयाक्ट दमक अध्यक्ष सुमन पौडेल, पूर्व अध्यक्ष पदमराज बराल, भरत चम्लगाई, सञ्जु पराजुली, एकता ढकाल लगायत रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

दमक रोटरी क्लबकी सहसचिव अम्बिका न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा खानेपानी उपभोक्ता समिति अध्यक्ष ऋषिराज पौडेल, कुसे चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोपाल दाहाल, वडा सदस्य मिना विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved