बारा। बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीया सानो टोल निवासी एक वृद्धको धारिलो हतियारले घाँटी रेटी शनिबार हत्या गभएको छ ।
भूमिसुधार भनिने ६० वर्षीय श्रीनारायण यादवको घर नजिकैको सडकमा राति ८ बजेतिर अज्ञात समूहले हत्या गरेको हो । शव कलैया प्रादेशिक अस्पताल पुर्याइएको छ ।
अस्पताल लैजाँदै गर्दा यादवको बाटैमा मृत्यु भएको अस्पालमा खटिएका प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
