Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वासिलो सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न, पत्रकार अनिल देव राई सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2024
75 shares

झापा । दमक ६ स्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक सााधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । सो सहकारीले उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई मानसम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको १३ औं बार्षिक साधारणस भाको उद्घाटन समारोहमा विभिन्न बिषयगत क्षेत्रमा उत्कष्ट कारोबार गर्नेहरुलाई मान-सम्मान तथा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा जेष्ठ सदस्यहरुतर्फ खगेन्द्रकुमार श्रेष्ठ डम्बर प्रसाद लिम्बू , नर्मदा भट्टराई र यामनाथ आचार्यलाई खादा ओढाएर सम्मान पत्रले सम्मानित गरिएको छ ।

संस्थाका कार्यरत बजार प्रतिनिधि मिरा भण्डारीलाई यसवर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ ।

सोही अवसरमा दमकमा सक्रिय पत्रकारिता गर्दै आएका र सहकारी क्षेत्रको विषयमा निरन्तर कलम चलाउँदै आएका “हाम्रो सरोकार डटकम” का प्रकाशक तथा सम्पादक अनिल देव राईलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको हो ।

त्यस्तैं, बाल सुनौलो भविश्य बचततर्फ दियान मगर र सिद्धार्थ गुरुङ पुरस्कृत भएका छन् । दैनिक बचततर्फ बिपुल सुबेदी, कविता राई र गोपाल शाह पुरस्कृत भएका छन्। क्रमिक बचततर्फ झरना लक्सम, उमंग राई र कृष्णप्रसाद दंगाल पुरस्कृत भएका छन्। अनिबार्य नियमित बचततर्फ हिरा श्रेष्ठ र बृन्दादेबि बास्कोटा पुरस्कृत भएका छन् ।

त्यस्तैं, सहकारी संस्थाको १३औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा क्रमिक बाल बचततर्फ नुनाम आङ्बोहाङलाई पुरस्कृत गरिएको छ र दैनिक असल ऋण कारोबारतर्फ कबिता बास्कोटा, कोपिला राई र नरेश पोदारलाई पुरस्कृत गरिएको छ भने मासिक असल ऋण कारोबारतर्फ फम्पा राई र अबिनाश कास्तोला पुरस्कृत भएका हुन् ।

पुरस्कृतहुनेहरुालई समारोहका प्रमुख अतिथि गोपाल प्रसाद गुरागाई र सहकारी संस्थाका अध्यक्ष अशिम राईले खादा ओढाएर सम्मान पत्रसहित मायाको चीनो प्रदान गर्नुभएको थियो ।

समारोहमा संस्थाकी उपाध्यक्ष सम्झाना सावाँले स्वागत मन्तव्य राख्नूभएको थियो । सो अवसरमा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशिम राईले २०८०/०८१ मा भएका बिक्तिय कारोबारका लक्ष्य र योजनाहरुका बारेमा जानकारी गराउनुका साथैं, संस्थामा आम्दानी तथा खर्चका बिबरणहरु प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तैं, सोही समारोहमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक खेमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गनुर्भएको थियो । सोही समारोहबीच सहकारी संस्थाका ब्यवस्थापक हरिप्रसाद (दिनेश) दाहालले समग्र संस्थाका बित्तिय अवस्था, आगामी योजना, लक्ष्य र चुनौतीका बारेमा सचित्र प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद गुरागाई, बिशिष्ट अतिथि दमकस्थित सर्बेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका एडम ब्राण्डेडका सञ्चालक बिजय मुकारुङ राईले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका सचिव सुमन कुमार राईले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य नारायण प्रसाद खरेल, युवराज दंगाल, निर्मला लावोती, सल्लाहकार संयोजक बिक्रम सुब्बा, सल्लाहकार सदस्य एबम् गोर्खाज बेंक दमक शाखा प्रमुख राजिन राई, लेखा सुपरिवेक्षण समितिका सदस्य कविता फागो, माया राई, नन्दकुमार लिम्बु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved