Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चारदिन बित्दा पनि देशु निराैलाकाे हत्या आराेपिहरु परेनन् पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2024
27 shares

डिकेन्द्र बस्नेत ,झापा।  झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्याको चार दिन वितेपनि घट्नामा संलग्नताको आरोप लागेकाहरु पक्राउ पर्न सकेका छैनन् ।

घट्नासँग जोडिएका उर्लाबारी ६ का प्रकाश कार्की र उर्लाबारी ७ का ध्रुव गौतमबाहेक मुख्य आरोपीहरु पक्राउ पर्न नसकेका हुन् ।
निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका पाँच जना पक्राउ नपर्नुका पछाडी प्रहरी प्रशासनमा उपल्लो निकायबाट दबाब आएको हुन सक्ने मृतक परिवारका सदस्यहरुको आशंका छ ।

मृतक देशुकी पत्नी कृष्णमाया निरौलाले लिम्बु र दर्जीसहित दमक ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुव गौतम र इटहरी बस्ने भनिएका डेबिट घले विरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।

चेम्जोङ बाहेकका ६ जना विरुद्ध घट्नाको दोश्रो दिन बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको हो भने चेम्जोङका विरुद्ध बिहिबार मात्रै सोही कार्यालयमा पुरक किटानी जाहेरी दर्ता भएको हो ।

जाहेरी परेका थापा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रधानमन्त्री केपी ओलीका भित्रिया गोविन्द थापाका सहोदर दाजु र कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाका सहोदर भाई हुन् ।
उर्लाबारीका कार्की नेतृत्वको समुहले निरौलालाई दमक ३ स्थित मावा पूल नजिकैको पुरानै जग्गा विवादस्थलमा बोलाएका थिए ।
त्यहाँ दमकका चेम्जोङ नेतृत्वको समुहसँगको विवादका क्रममा निरौलामाथि नेम्वाङ र दर्जीले कुटपिट गरेको दृश्य सीसि क्यामेरामा कैद भएको छ ।

कुटपिटको क्रममा भुइँबाट ढुंगा टिपेर एक जनाले निरौलाको टाउकोको पछाडी भागमा प्रहार गर्दा उनी भुइँमा ढलेको देखिन्छ ।
घट्नास्थल नजिकै रहेकी स्थानीय एक महिलाका अनुसार निरौला भुइँमा ढल्दा मुखबाट ह्वालह्वाल्ती रगत छादेका थिए ।
ति महिलाले भनिन– उता (घटनास्थल)बाट पानी पानी ..भनेर कराए मैंले पानीको बोतल लिएर जाँदा त मुखबाट रगतै रगत निस्किराको थियो । हतार हतार अटोमा हालेर दुई जनाले हस्पिटल लगेका हुन् ।

प्रत्यक्षदर्शी अर्का एक पुरुषका अनुसार त्यहाँ मौखिक विवादको क्रम लगभग सकिएको थियो । उनले सुरक्षाका कारण आफ्नो परिचय गोप्य राख्ने शर्तमा भने– उर्लाबारीका कार्की र दमकका चेम्जोङबीचमा कुरा मिलिसकेको थियो एकैछिनमा निरौलाले के बोले मैंले सुनिन तर उनलाई दुई जनाले हिर्काउँदा भुक्लुकै ढले ।

मृतकका दाजु भन्छन– बरु भाईको हडड्ी मात्रै लान्छौं, हत्यारालाई छोड्दैनौं मृतक देशुका दाजु नवराज निरौलाले आफ्नो भाईको हत्यामा संलग्न सबैलाई पक्राउ गरेर जेल हाल्नुपर्ने अडानबाट पछि नहट्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै नवराजले घट्नाको यतिका दिन सम्म प्रहरी प्रशासनले हत्याराहरु पक्राउ नगरेबाट आफूहरु झनै पीडित बनेको बताए ।

नवराजले भने– साथीहरु मार्फत जाहेरीमा नाम हटाउन आग्रह गर्दै लोभ प्रलोभन नआएको पनि होइन तर म त्यस्ता कुरामा छदैैै छैन र हत्यामा संलग्न जोसुकै भए पनि जेल हालिनु पर्छ ।
प्रहरीले पहुँचवालालाई शक्तिको आडमा पक्राउ नगरी उन्मुक्ति दिलाउन खोजेको मृतक परिवारको आरोप छ ।

मृतकका परिवार, आफन्त र शुभचिन्तकहरुले दिनहुँ इलाका प्रहरी कार्यालय अगाडी हत्यामा संलग्नहरुलाई पक्राउ गर्न दबाब दिँदै प्रदर्शन गरिआएका छन् । उनीहरुले शुक्रबार त्यहाँ टायर बालेर प्रदर्शन गर्ने सम्मको योजना बनाएपछि दमक नगरपालिकाले नगरस्थित राजनीतिक दलका नेतृत्व र मृतकका परिवारसँग छलफल गरेको थियो ।

छलफलका क्रममा पीडित परिवारलाई न्याय दिलाउन र अपराधमा संलग्न जोकोही भए पनि पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्ने सामुहिक प्रतिबद्धता आएको जनाइएको छ ।
छलफलमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)सहित वडाध्यक्षहरु , नगरस्थित स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँगै मृतक परिवारका प्रतिनिधिहरु सहभागी थिए ।

सो छलफलपछि सामुहिक प्रतिबद्धता अनुरुप नगर प्रमुख थापाले इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शनको तयारीमा बसेको समुहमाझ शनिबार दिउँसो १ बजे सम्ममा कम्तीमा घट्नाका आरोपितहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन प्रहरी प्रशासनलाई समय दिइएको जानकारी गराएका थिए भने,आज १ बजेसम्म आरोपितलाई पक्राउ गर्न दमकका मेयर थापाले समय दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved